त्रिअवि अध्यागमनको सिस्टम झन्डै दुई घन्टा डाउन, अनि त्यहाँ के भयो?

त्रिअवि अध्यागमनको सिस्टम झन्डै दुई घन्टा डाउन, अनि त्यहाँ के भयो?
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर शुक्रबार डाउन भयो। लामो समयसम्म सभर्र नचल्दा प्रस्थान र आगमन अनुमति नै प्रभावित बनेको थियो। शुक्रबार एकाविहानै झन्डै दुई घन्टा अध्यागमनको सिस्टम नचलेको हो।

अध्यागमनमा बायोमेट्रिक्समा आधारित 'नेपाली पोर्ट' नामक सफ्टवेयर  राखिएको छ। उक्त सफ्टवेयरमा बेला-बेला समस्या आउँदा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन्। शुक्रबार बिहान ६ देखि झन्डै दुई घन्टा सिस्टममा समस्या आएको स्रोतले बताएको छ।

अध्यागमन कार्यालयको सर्भरमा समस्या देखिएपछि विमानस्थल पुगेका यात्रुहरू पनि अलपत्र परेका थिए। करिब एक घन्टासम्म पनि सर्भरमा देखिएको समस्या पहिल्याउन नसकेपछि अध्यागमन कार्यालयले म्यानुअल्ली (अभिलेख राखेर) प्रस्थान अनुमति दिनुपरेको थियो। तर, आगमन अनुमति भने सर्भर नखुलेसम्म 'होल्ड' गरिएको थियो। सिस्टम नचलेपछि अन्तर्राष्ट्रिय उडानहरू पनि केही ढिला गरी उडेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी प्रमुख सिर्जना थपलियाले सर्भर डाउन हुँदा समस्या उत्पन्न भएको बताइन्। 'सर्भर डाउन भएपछि रेकर्ड राखेर प्रस्थान अनुमति दिनुपरेको थियो। तर, सिस्टम चलेपछि पछि रेकर्ड राखिएका सबै इन्ट्री पनि गर्‍यौं,' अन्नपूर्णसँग उनले भनिन्। 

विभिन्न देशबाट विमानस्थलमा अवतरण गरेका यात्रुहरूलाई पनि सर्भर नचलेसम्म सम्झाइ बुझाइ 'होल्ड' गरिएको उनको भनाइ छ। 'प्रस्थान अनुमति दिए पनि आगमन अनुमति दिएका थिएनौं। सिस्टम चलेपछि मात्रै उहाँहरूको इन्ट्री गर्‍यौं,' उनले भनिन्। 
अध्यागमनका अधिकारीहरूले सिस्टममा समस्या आएको भन्दै यात्रुहरूलाई सम्झाइ बुझाइ गरेका थिए।

त्रिअवि अध्यागमन कार्यालयकी प्रमुख थपलियाले पाँच वर्षपछि मात्रै गभ्मीर खालको समस्या देखिएको दाबी गरिन्। तर, यसबीचमा पनि पटक-पटक विमानस्थलस्थित अध्यागमनको सर्भरमा समस्या आउने गरेको छ। २०८० साउन १२ गते पनि अध्यागमनको सर्भरमा गम्भीर समस्या देखिएको थियो। त्यसबेला पनि अध्यागमनका कर्मचारीहरूले म्यानुअल्ली आगमन र प्रस्थान अनुमति दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.