पाकिस्तानी अभियन्ता शाहजाद भारतमा कसरी बने ‘मोस्ट वान्टेड’ ?
भारत : आफूलाई व्यवसायी, देशभक्त र धर्मको रक्षक बताउने पाकिस्तानी सामाजिक अभियन्ता (इन्फ्लुएन्सर) शाहजाद भट्टी अहिले भारतीय सुरक्षा निकायहरूको निगरानीमा छन् । भारतीय एजेन्सीहरूको आरोप अनुसार सामाजिक सञ्जालमा ‘३३३’ ब्यानर अन्तर्गत भिडियो बनाउने भट्टी सीमा पारबाट सञ्चालित ठूलो अपराध तथा आतंकवादी सञ्जालको प्रमुख पात्र बनेका छन् ।
शनिबार दिल्ली प्रहरीको स्पेशल सेलले उत्तर प्रदेश, मध्य प्रदेश, जम्मू–कश्मीर, पञ्जाब र गुजरातबाट ९ जनालाई पक्राउ गरेको छ, जसको सम्बन्ध भट्टीको नेटवर्कसँग जोडिएको बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार ती व्यक्तिहरूले दिल्लीको एक ऐतिहासिक मन्दिर, दिल्ली–सोनीपत राजमार्गस्थित लोकप्रिय ढाबा तथा हरियाणाको एक सैन्य ठेगानामा आक्रमण गर्ने योजना बनाइरहेका थिए ।
अपराधको सुरुवात
यूएईमा व्यवसायको दाबी
सन् २०१५ तिर भट्टी यूएई पुगेका थिए । त्यहाँ उनले स्क्र्याप व्यापार र डेरी व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेका छन् । हाल उनी पाकिस्तान र खाडी मुलुकहरूबीच आवतजावत गरिरहने बताइन्छ ।
लरेन्स बिश्नोईसँग सम्बन्ध
भट्टीले जेलमा रहेका भारतीय ग्याङ्स्टर लरेन्स बिश्नोईसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका थिए । उनका अनुसार सामाजिक सञ्जालमा इस्लामविरोधी पोस्ट हटाउन सहयोग माग्ने क्रममा उनीहरूको सम्पर्क सुरु भएको थियो ।
बाबा सिद्दिकी हत्या प्रकरणसँग जोडिएको नाम
भट्टीको नाम जिशान अख्तरसँग पनि जोडिएको छ, जो अक्टोबर २०२४ मा महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्धिकीको हत्या प्रकरणका आरोपी र बिश्नोईका निकट सहयोगी मानिन्छन् । यद्यपि पहलगाम आतंकवादी आक्रमणपछि बिश्नोईका पाकिस्तानविरोधी अभिव्यक्तिका कारण उनीहरूबीच दूरी बढेको बताइन्छ ।
भारतविरोधी गतिविधिमा संलग्नताको आरोप
भारतीय सुरक्षा निकायहरूले भट्टीको सम्बन्ध पाकिस्तानी अन्तर–सेवा गुप्तचर संस्थासँग रहेको आरोप लगाएका छन् । उनी भारतका बेरोजगार युवाहरूलाई कट्टरपन्थी बनाउँदै आफ्नो सञ्जाल विस्तार गर्न सक्रिय रहेको दाबी गरिएको छ ।
भट्टीविरुद्ध दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश र उत्तराखण्डमा एक दर्जनभन्दा बढी प्रथम सूचना (एफआईआर) दर्ता भएका छन् । नेशनल इभेस्टिगेशन एजेन्सीले पनि भारतको सार्वभौमिकता, एकता र अखण्डतामा क्षति पुर्याउने गतिविधिसम्बन्धी मुद्दाहरू दर्ता गरेको बताइएको छ। मार्च २०२४ मा जालन्धरमा एक इन्फ्लुएन्सरको घर नजिक भएको ग्रेनेड आक्रमणमा समेत भट्टीको संलग्नता रहेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस !