परीक्षामा बरामद करोडौंको मोबाइल नष्ट गरेपछि चौतर्फी आलोचना

अलग तरिकाले काम गरेपछि, मोबाइल नष्ट भयो : सिरहा प्रजिअ पौडेल

परीक्षामा बरामद करोडौंको मोबाइल नष्ट गरेपछि चौतर्फी आलोचना

सिरहा : एसइई र कक्षा ११, १२ को परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना सुरु भएको छ । जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ । मोबाइलसहित पाँच वटा स्मार्ट वाच पनि बरामद गरिएको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अलग तरिकाले काम भएपछि प्रश्न उठ्न स्वभाविक रहेको बताएका छन् । ‘हामी बच्चालाई बढी ध्यानमा राख्यौ । उनीहरुलाई धेरै ठूलो सजाय दिन चाहेनौँ । परीक्षामा अनियमिता हुन्छ भनेर यो जिल्लाको पहिलेदेखि इतिहास जुन थियो । त्यो सन्दर्भमा हामीले अग्रिम व्यवस्था गर्दा गर्दै चिट चोरी भएको पाइयो,’ उनले भने, ‘परीक्षामा अर्मादित क्रियाकलाप गरे ६ महिनासम्म कैद र एक लाख जरिवाना हुने अभियोग हो । त्यसमा प्रयोग हुने सामग्री स्वतः जफत हुन्छ । जफत भइसकेको सामानहरु लिलाम गर्नुपथ्यो । त्यो सही हो ।’ 

nullव्यक्तिको गोपनियतालाई ध्यान राख्दै बरु राज्यको अलिकति राजश्व नआए पनि व्यक्तिको गोपनियता कायम रहोस् भने प्रयोजनाका लागि नष्ट गरिएको उनको तर्क छ । ‘व्यक्तिको गोपिनयतासँग घनिष्ठ सम्बन्ध राख्ने उपकरण मोबाइल हो । कदाचित अरु व्यक्तिको हातमा पुग्यो भने तिनले ल्याउने दुर्घटना, अभिरुचि ज्यादै हुन्छ भन्ने मनसाय राखेर नष्ट गर्‍यौं,’ उनले भने, ‘यो व्यक्तिको हितमा गरिएको निर्णय हो ।’ परीक्षा बोर्डको निर्देशन र प्रदेश समितिको निर्देशनलाई कानूनी आधारमा नष्ट गर्ने निर्णय लिएको सुनाए । 

nullजिल्ला परीक्षा समन्वय समिति सिरहाले उपसमिति गठन गरी बरामद गरिएका मोबाइल नष्ट गर्न निर्देशन दिएको थियो । शिक्षा विकास तथा समन्वय समितिका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसहितको पाँच सदस्यीय समिति बनाइएको थियो ।

nullसो समितिले जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल पानीमा राखेर नष्ट गरेको उपसमिति संयोजक राजदेव यादवले बताए । २४ घण्टा पानीमा मोबाइलहरू राखिएको र २४ घण्टापछि फुटाउने निर्णय भएको उनले बताए ।  मधेश प्रदेशमा पहिलोपटक ठुलो परिमाणमा विद्यार्थीसँग बरामद गरिएका मोबाइल नष्ट गरिएको हो । सो मोबाइलको बजार मूल्य एक करोडभन्दा बढी रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.