मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : राजेन्द्र लिङदेन

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चावाहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका हुन् ।

अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए । यसअघि एकल बहुमत प्राप्त गरेको दलले पाँच बर्ष सरकार चलाइएको इतिहास नरहेकाले विगतको राजनीतिक दलहरूले गरेका कमी कमजोरी दोहराउने सुविधा अहिलेको ठूलो दललाई नरहेको उनले बताए ।

उनले होशियारीपूर्वक जनताको विश्वासलाई साकार पार्ने काममा अगाडि बढ्न सरकारलाई शुभकामना दिए । अध्यक्ष लिङ्दनेले गणतन्त्रको करिव दुई दशकमा के पायौ र के गुमायौ भन्ने समीक्षा गर्ने बेला आएको बताए । गणतन्त्रपछि मुलुकमा अर्थतन्त्र मजबुद हुन नसकेको र सुशासन कायम हुन नसकाले देशले जित्ने एउटा नवीन समझदारी गर्न जरुरी भइसकेको उनले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.