नयाँ दिल्ली पुगे परराष्ट्र मन्त्री खनाल, विदेश मन्त्रालयका प्रवक्ताले भने- उच्चस्तरीय भेटवार्ता हुनेछ

नयाँ दिल्ली पुगे परराष्ट्र मन्त्री खनाल, विदेश मन्त्रालयका प्रवक्ताले भने- उच्चस्तरीय भेटवार्ता हुनेछ
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्रीको निमन्त्रणामा तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका मन्त्री खनाललाई विदेश मन्त्रालयका नर्थ डेस्क प्रमुख मनु महावरले स्वागत गरेका थिए।

त्यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उच्चस्तरीय भेटवार्ता हुने जानकारी दिएका छन्।
नयाँ दिल्लीमा भएको नियमित पत्रकार सम्मेलनमा उनले भारत र नेपालबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उच्चस्तरीय भेटवार्ता हुने बताए।

जैसवालका अनुसार भारत र नेपालबीच राजनीतिक, आर्थिक, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई अझ सघन बनाउने विषयमा छलफल हुनेछ। उनले दुवै देशबीच नियमित संवाद र उच्चस्तरीय भ्रमणहरू जारी रहेको उल्लेख गर्दै सम्बन्धलाई थप मजबुत बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको बताए।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी तथा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.