मिडिया तर्सियो भने देश पनि तर्सिन्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

मिडिया तर्सियो भने देश पनि तर्सिन्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
सुन्नुहोस्

हेटौंडा : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मिडिया तर्सियो भने देश पनि तर्सिने बताएका छन्। शुक्रबार हेटौंडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा उनले अहिले मिडिया तर्सिरहेको बताए। 

‘स्वतन्त्रताको पहिलो संग्राम, योद्धा मिडिया हो। आवाजविहीनको आवाज मिडिया हो। मिडिया भनेका श्रेष्ठले भने, ‘तर अहिले मिडिया आफू तर्सिएको छ र अरुलाई पनि तर्साइरहेको छ। मिडियाले सत्यमा आधारित भएर लेख्नुपर्छ। मिडिया तर्सियो भने देश तर्सिन्छ। मिडिया तर्सियो भने न्यायाधीश, वकिल प्रहरीले कसैले काम गर्दैन, मिडिया तर्सिएपछि अनुसन्धान हुँदैन। डराएपछि तपाईंसँग मुद्दा आउँदैन, दर्ता हुँदैन। मुद्दा दर्ता नभएपछि न्यायालयले कसरी न्याय दिन्छ। मूकदर्शक भएपनि साक्षी बस्न सक्दैन। साक्षी हुँ भन्न सक्दैन। आत्मा कमजोर पार्छ। पछिल्लो दिनमा मानिसमा आत्मविश्वास कमजोर भएको हो कि भन्ने लागेको छ?

उनले पत्रकारिता र मिडिया आफैं सेल्फ सेन्सरसीपमा परेकाले सत्य बोल्न पनि गाह्रो भइरहेको बताए। समाजमा सेल्फ सेन्सरसीप हाबी भएपछि समाजमा मिडिया बाँच्न नसक्ने बताए। पत्रकारिता र न्यायालय विश्वासमा आधारित संस्था भएको बताउँदै उनले विश्वास गुम्दा प्रश्न चिन्ह खडा हुने धारणा व्यक्त गरे। 

‘तपाईंले गरेको फैसलाप्रति मेरो विश्वास छैन भन्यो भने न्यायाधीशको पद धरापमा हुन्छ। मुद्दामा तपाईंले मलाई हराए पनि मलाई न्यायाधीश र न्यायालयप्रति विश्वास छ भन्यो भने मात्र न्याय दिएको अर्थ रहन्छ। मिडियाले पनि लेखेको विषयमा जनतालाई विश्वास लाग्नुपर्छ, सत्य लेख्नुपर्छ,’ उनले भने।

तिम्रा कर्तुत सबै सार्वजनिक गरिदिन्छु, भ्रष्टाचारको पर्दाफास गरिदिन्छु भन्ने मिडिया लेख्न डराइरहेको उनको भनाइ छ। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अहिले मिडियामा सेन्सरसीप छ। सरकारले के भन्ने हो? आफू आबद्ध पार्टी र नेताले के भन्ने हो? व्यवसायीले के भन्ने हो भन्ने डरले समाचार मरिरहेको छ। यो समस्या हामीले भोगिरहेका छौं।’

उनले अन्यायको विरुद्ध लड्ने माध्यम मिडिया भएको दाबी गरे। उनले सत्यमा आधारित रहेर मिडियाले आलोचना गर्न पाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.