दुई सातामै भारतमा चौंथो पटक बढ्यो इन्धनको भाउ, नेपालमा कस्तो पर्छ असर ?

दुई सातामै भारतमा चौंथो पटक बढ्यो इन्धनको भाउ, नेपालमा कस्तो पर्छ असर ?
सुन्नुहोस्

भारत : भारतमा पेट्रोल–डिजेलपछि कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) पनि को मूल्य पनि बढाइएको छ । मंगलबार अर्थात् मे २६ मा सीएनजीको मूल्यमा २ रुपैयाँ वृद्धि गरिएको हो ।

अब भारतको राजधानी दिल्लीमा सीएनजीको मूल्य प्रतिकिलोग्राम ८३.०९ रुपैयाँ पुगेको छ । यो मे १५ पछि गरिएको चौथो वृद्धि हो । यसअघि मे महिनामै तीन पटक सीएनजीको मूल्य बढाइएको थियो । मे १५ मा २ रुपैयाँ, मे १८ मा १ रुपैयाँ र मे २३ मा फेरि १ रुपैयाँ बढाइएको थियो । यसरी पछिल्लो ११ दिनमा मात्रै सीएनजीको मूल्य कुल ६ रुपैयाँले बढाइएको छ ।

इण्डियन नेशनल कंग्रेसले आफ्नो एक्स ह्यान्डलमा लेखेको छ, ‘महँगीको मार फेरि जनतामाथि परेको छ । सीएनजी २ रुपैयाँले महँगो बनाइयो । नरेन्द्र मोदीले आफ्ना धनी साथीहरूका लागि जनतालाई लुटिरहेका छन् ।’

यसअघि सोमबार सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ६१ पैसा र डिजेलको मूल्य २ रुपैयाँ ७१ पैसा बढाएको थियो । पछिल्ला दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा यो चौथो वृद्धि हो । यो वृद्धि पछि दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२.१२ रुपैयाँ पुगेको छ भने डिजेल ९५.२० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । 

यसैबीच भारतमा लगातार इन्धनको मूल्य उकालो लाग्न थालेपछि छिमेकी देश नेपालमा समेत चिन्ता बढ्न थालेको छ । अहिलेसम्म नेपालमा भारतबाट नै डिजेल–पेट्रोल आयात हुने गरेको छ । नेपालले भारत आयल कर्पोरेशनबाट इन्धन किन्ने गरेको छ । भारतमै इन्धनको मूल्य बढ्न थालेपछि यसको असर नेपालमा सिधै पर्न जान्छ । यसअघि नै नेपालमा इन्धनको मूल्य वृद्धि गरिएको छ । जसका कारण अहिले तत्कालका लागि मूल्यवृद्धि नगरिए पनि मूल्यवृद्धि जतिबेला पनि हुन सक्ने भने देखिन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.