तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा : १४ लाख किसानले सहकारीबाट लिएको ऋण मिनाहा
भारत : भारत तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सीमान्त किसानहरूले सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण माफी गरेका छन् ।
मुख्यमन्त्री जोसेफ विजयले सोमबार यस्तो घोषणा गर्दै सहकारी बैंकबाट बाली ऋण लिएका ठूला किसानलाई पनि ५ हजार रुपैयाँ राहत दिइने बताएका छन् । तमिलनाडु मुख्यमन्त्री कार्यालयले आधिकारिक एक्स ह्यान्डलमार्फत यसबारे जानकारी गराएको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा बसेको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो । बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर विनोथ, सहकारितामन्त्री वी गान्धीराज, वित्त मन्त्री एन मेरी विल्सन तथा वरिष्ठ अधिकारीहरू सहभागी थिए ।
सरकारका अनुसार विजयको यस निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन् भने सरकारलाई २ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ अतिरिक्त भार पर्नेछ ।
प्रतिक्रिया दिनुहोस !