भारतीय रुपैंयाँ किन भइरहेको छ लगातार कमजोर ? यस्ता छन् तीन कारण
भारत : कुनै पनि देशको मुद्राको मजबुती वा कमजोरीले त्यहाँको अर्थतन्त्रको स्वास्थ्य कस्तो छ भन्ने देखाउँछ । सामान्यतया जुन देशको अर्थतन्त्र छिटो बढिरहेको हुन्छ, त्यसको मुद्रा पनि बलियो हुन्छ ।
भारतको अर्थतन्त्र वृद्धि दर अहिले पनि राम्रो छ, तर त्यसका बाबजुद २०१८ देखि प्रत्येक वर्ष रुपया कमजोर हुँदै गएको छ । २०१३ मा जब नरेन्द्र मोदीलाई भारतीय जनता पार्टीले प्रधानमन्त्री पदको उम्मेदवार बनायो, त्यतिबेला उनले कमजोर हुँदै गएको रुपैयाँलाई लिएर तत्कालीन सरकारविरुद्ध प्रभावकारी राजनीतिक अभियान चलाएका थिए ।
त्यो समयमा बलिउडका ठूला कलाकार, लोकप्रिय धर्मगुरु र धेरै चर्चित व्यक्तिहरूले पनि अमेरिकी डलरको तुलनामा रुपया ६० को स्तरमा पुगेको भन्दै टिप्पणी गरेका थिए । अहिले सामाजिक सञ्जालमा मानिसहरूले प्रश्न गर्ने गरेका छन्–जब बीजेपीको शासनमा रुपैंयाँ लगातार घटेर ९७ नजिक पुगेको छ, तब त्यही बेलामा उनीहरूको प्रतिक्रिया किन छैन ?
यदि रुपैंयाँ डलरको तुलनामा १०० को मनोवैज्ञानिकस्तर पार गर्छ भने सरकारमाथि असहजता अझ बढ्न सक्छ । भारतमा कमजोर रुपैयाँको अर्थ आयात महँगो हुनु हो । यसले तेल, खाना पकाउने ग्यास, मल र इलेक्ट्रोनिक्स जस्ता आवश्यक वस्तुहरूको मूल्य बढाउँछ, जुन अधिकांश भारतले विदेशबाट किन्छ ।
तर कमजोर रुपयाले विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रेमिट्यान्समा भने फाइदा पनि दिन्छ, किनकि प्रत्येक डलरको बदलामा बढी रुपैयाँ प्राप्त हुन्छ । भारत विश्वका सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने देशहरूमध्ये एक हो । मार्च २०२५ सम्मको वर्षमा प्रवासी भारतीयहरूले देशमा १३५ अर्ब डलरभन्दा बढी पैसा पठाएका थिए । तर ईरान युद्धका कारण पर्सियन गल्फ देशहरूमा काम गर्ने लाखौं भारतीय श्रमिकबाट आउने रेमिट्यान्समा असर पर्न सक्छ ।
एक अमेरिकी डलरको तुलनामा रुपैयाँ ९७ को नजिक पुगेको छ । २०२६ मा अझै पाँच महिना पनि पूरा नभएको अवस्थामा रुपया ७.५ प्रतिशतले घटिसकेको छ । सरकार र भारतीय रिजर्भ बैंकले रुपैयाँलाई स्थिर राख्न प्रयास गरिरहेका छन्, तर धेरै प्रभाव देखिएको छैन । आरबीआईले कहिलेकाहीँ बजारमा डलर बेचेर स्थिति नियन्त्रण गर्न खोजिरहेको छ ।
सरकारले पनि सुन र चाँदीमा आयात शुल्क बढाउने, पेट्रोल–डीजलको मूल्य समायोजन गर्ने तथा खाद्य तेल आयातमा प्रतिबन्ध लगाउने जस्ता कदम चालिरहेको छ । तेलको मूल्य बढ्दा भारतको व्यापार घाटा बढिरहेको छ, किनकि भारतले आफ्नो ९० प्रतिशत भन्दा बढी तेल आयात गर्छ । विदेशी लगानीकर्ताहरूले यस वर्ष भारतीय शेयर बजारबाट २३ अर्ब डलरभन्दा बढी निकालिसकेका छन् ।
रुपैंयाँको कमजोरीका मुख्य कारणहरूः
कच्चा तेलको मूल्य बढ्नु ।
विदेशी लगानी बाहिरिनु ।
व्यापार घाटा बढ्नु ।
प्रतिक्रिया दिनुहोस !