‘लभ अफेयर’ को आशंकामा श्रीमतीको हत्या : झाडीमा शव फालेर, प्रहरीमा उजुरी

‘लभ अफेयर’ को आशंकामा श्रीमतीको हत्या : झाडीमा शव फालेर, प्रहरीमा उजुरी
सुन्नुहोस्

भारत :  ‘शंकाले लङ्का जलाउँछ’ भन्ने उखान नेपाली समाजमा धेरै प्रयोग हुन्छ । अनावश्यक शंकाले परिवारलाई मात्र भताभुङ्ग भएका बनाउँदैन आपराधिक घटनाहरु समेत सिर्जना गराउँछन् ।  भारत उत्तर प्रदेशको लखनऊमा यस्तै एक हृदयविदारक घटना घटेको छ ।

बुधबार राति प्रेम सम्बन्धको शंकामा पतिले आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । त्यसपछि उनले शव ई–रिक्शामा राखेर इन्दिरा नहर किनारको झाडीमा फालेर घर फर्किएर सुतिसकेका थिए । यतिसम्म कि भोलिपल्ट उनले हराएको भन्दै थानामा उजुरी दर्ता गराउन पनि पुगे । तर प्रहरीको सोधपुछमा उनमाथि शंका जाग्यो । कडाइका साथ सोधपुछ गर्दा उनले सबै कुरा स्वीकार गरे । अहिले प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।

यो घटना चिनहट क्षेत्रको हो । बाराबंकीको रुदौली शफीनगरका मूल निवासी अल्ताफ उर्फ कल्लु आफ्नी ३० वर्षीया श्रीमती यास्मीन र दुई बच्चासँग रामलीला मैदान नजिकै बस्दै आएका थिए । उनी एक निजी कम्पनीमा काम गर्थे । बुधबार राति बाहिरी प्रेम सम्बन्धको आशंकामा श्रीमान–श्रीमतीबीच विवाद भयो । सोही क्रममा उनले यास्मीनको घाँटी थिचेर हत्या गरे । त्यसपछि उनले शवलाई बोरा (झोला जस्तो सामग्री) मा राखे र ई–रिक्शामा हालेर बीबीडी क्षेत्रस्थित इन्दिरा नहर नजिक पु¥याए । त्यहाँ झाडीमा फालेर उनी घर फर्किए ।

घटनापछि बिहीबार उनी चिनहट थानामा श्रीमती हराएको भन्दै उजुरी गर्न पुगे । प्रहरीले सोधपुछ गर्दा उनी प्रश्न–उत्तरमा फस्न थाले । कडाइका साथ सोधपुछ गर्दा उनले सबै कुरा स्वीकार गरे र हत्या गरेको कबुल गरे । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनास्थलबाट शव बरामद ग¥यो। इन्स्पेक्टर दिनेश चन्द्र मिश्रका अनुसार आरोपितमाथि सोधपुछ जारी छ र शव पोस्टमार्टमका लागि पठाइएको छ । यास्मीनका परिवारले हालसम्म उजुरी दिएका छैनन् । उजुरी आएपछि मुद्दा दर्ता गरी कारबाही अघि बढाइनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.