संसदमा प्रधानमन्त्री खोज्नु अनुहार हेर्न होइन,जवाफदेहिता खोजेका हौं :राप्रपा


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्नका लागि नभई जवाफदेहिता खोज्नका लागि भएको बताएकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पहिलो अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरे पनि आफूहरूले स्वीकार गरेको तर दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथि अपनत्व नदेखाएको आरोप लगाइन्।

'नीति तथा कार्यक्रम उहाँकै कार्यक्रम हो। तर,अपनत्व नलिई कार्यक्रमकै बीचमा उठेर जानुभयो,'उनले भनिन्,'उहाँका केही बाध्यता होलान्,तर संसदमा उठेका विषयमा जवाफ दिनुपर्छ।'

सांसद ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी विषय उठाइए पनि प्रधानमन्त्रीले संसदभन्दा सामाजिक सञ्जालमार्फत् जनतालाई जवाफ दिने गरेको टिप्पणी गरिन्। उनले प्रधानमन्त्री सदनप्रति अनिच्छुक देखिएको भन्दै नीति तथा कार्यक्रममाथिको छलफलमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।

प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा सहभागी नभएपछि भन्दै विपक्षी दलहरूले संसदमा उनको सहभागीता खोजिरहेका छन्। सोही विषयलाई लिएर बुधबार विपक्षी दलहरूले संसद बैठक अवरोध गरेका थिए। अवरोधका कारण बैठक तीन पटक स्थगित भएको थियो। जसले गर्दा मंगलबार सदनमा पेश भएको नीति तथा कार्यक्रममाथि छलफल हुन सकेन। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.