बिरुवाअर्चलेको मेथाभुरुङ जंगलमा भेटियो एकनाले बन्दुक
स्याङ्जा : बिरुवाअर्चले गाउँपालिका - ८ मेथाभुरुङस्थित जंगलमा सोमबार साँझ एकनाले भरुवा बन्दुक भेटिएको छ।
स्थानीयको सूचनाका आधारमा स्याङ्जाबाट खटिएको प्रहरीले मेथाभुरुङ जंगलमा भरुवा बन्दुकको नाल र बट फुटेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए।
नाल र बट फुटेको र छुट्टाछुट्टै वेवारिसे अवस्थामा भेटिएको सो बन्दुक कार्यालयमा ल्याएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !