मरेको छैन इमान : चालक थापाले १८ लाखको सुनसहितको झोला अनितालाई बुझाए

मरेको छैन इमान : चालक थापाले १८ लाखको सुनसहितको झोला अनितालाई बुझाए
सुन्नुहोस्

स्याङ्जा : मोटर चालक लोकबहादुर थापाको इमान्दारिताको स्याङ्जामा चर्चा चलेको छ । सिद्धार्थ राजमार्गमा भेटिएको छ तोला सुनसहितका झोला उनले सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् ।

शनिबार दिउँसो पुतलीबजार नगरपालिका–१० राङखोला बस्ने ३२ वर्षीया अनिता अधिकारी स्कुटरमा स्याङ्जाबाट पोखरा जाँदै गर्दा सुनका गरगहनासहितको व्याग खसेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । छोरीसहित २÷३ वटा ब्याग पछाडि राखेर स्कुटर चलाउँदै गर्दा उनको सो झोला राजमार्गमा खसेको थियो ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जामा अधिकारीले सूचना दिएकी थिइन् ।

उता, चालक थापाले पनि पुतलीबजार नगरपालिका–३ स्थित मजुवामा गहनासहितको झोला भेटाएको भन्दै प्रहरीलाई खबर गरेका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए । झोलामा रहेका सिक्री २ तोला, हार १ तोला, बेरूवा २ थान, पोतेसहितको सुनको माला १ थान, चन्द्रमा १ थानसहितको झोला प्रहरी कार्यालयमा प्रनाउ चौधरीको रोहवरमा आइतवार बिहान चालक थापाले अनितालाई बुझाएका छन् । 

चालक थापाको इमान्दारिताको प्रशंसा गर्दै निमित्त प्रहरी प्रमुख चौधरीले भने,  ‘तपाईंको इमान्दारिताको मलगायत मेरो सिंगो प्रहरी कार्यालय नतमस्तक छ ।’ स्याङ्जा—पोखरा रुटमा ट्याक्सी चलाउने थापाले आजको मूल्य अनुसार झण्डै १८ लाख रुपैंया बराबरको धनमाल भेटाएपछि बुझाएर इमान्दारिता प्रर्दशन गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.