अफगानिस्तानको अस्पतालमा भएको आक्रमणबारे पाकिस्तानी मन्त्रीले के भने ?

अफगानिस्तानको अस्पतालमा भएको आक्रमणबारे पाकिस्तानी मन्त्रीले के भने ?

काठमाडौं : पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरदारले अफगानिस्तानमा पाकिस्तानले आक्रमण गरेको दावी गरेका छन्। उनले काबुल र नान्गारहारमा रहेको अफगान तालिबान शासनको 'आतंकवादलाई समर्थन गर्ने सैन्य अड्डाहरू'लाई लक्षित गरी आक्रमण भएको बताए।

बीबीसीका अनुसार,अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले काबुलमा रहेको "लागुऔषध पुनर्स्थापना अस्पतालमा' आक्रमण गरेको बताएको छ। आक्रमणबाट सयौं मानिसहरूको मृत्यु भएको जनाइएको छ।

अफगान तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले हालसम्म करिब ४०० जनाको मृत्यु भएको छ र करिब २५० जना घाइते भएको जानकारी दिएका छन्। पाकिस्तानका संघीय मन्त्री तरारले आफ्नो सेनाको आक्रमणमा काबुलका दुई स्थानमा रहेको प्राविधिक सहयोग पूर्वाधार र गोलाबारुद डिपो ध्वस्त भएको दावी गरेका छन्। 

उनले भने,''नान्गरहारमा रहेको पाकिस्तानी सशस्त्र सेनाले अफगान तालिबान शासनको आतंकवादलाई समर्थन गर्ने चार सैन्य अड्डाहरूमा  आक्रमण गर्‍यो। जसबाट गोला बारुद र प्राविधिक पूर्वाधार नष्ट भयो।'

यसअघि सोमबार दुवै पक्षबीच सीमा क्षेत्रमा गोलीबारी हुँदा अफगानिस्तानमा चारजनाको मृत्यु भएको थियो। यो पछिल्ला वर्षहरूमा दुई छिमेकीबीच भएको सबैभन्दा घातक संघर्ष मानिएको छ, जुन तेस्रो सातामा प्रवेश गरेको छ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा भएको हमलाको निन्दा गरेका छन्। उनले भने,‘हामी यो अपराधको कडा निन्दा गर्छौं र यस्तो कार्यलाई सबै स्वीकृत सिद्धान्तहरू र मानवता विरुद्धको अपराध मान्दछौं।’  

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई आतंककारीहरूसँग लड्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकहरूलाई आतंकवादसँग लड्न तुरुन्तै प्रयासहरू बढाउन आह्वान गरेको केही घण्टापछि यो हमला भएको हो। पाकिस्तानले काबुललाई आतंकवादी समूहहरू,विशेष गरी पाकिस्तानी तालिबानलाई आश्रय दिएको आरोप लगाएको छ,जसलाई यसले पाकिस्तान भित्र आक्रमण गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.