समानुपातिक सांसद छान्न राप्रपाको वैठक, कांग्रेस र नेकपाले पनि आजै टुङ्गो लगाउँदै
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि समानुपातिकतर्फको सांसद छनोटका लागि वैठक बसिरहेको छ । पार्टीले प्राप्त गरेको चार सिटमा समानुपातिक बन्दसूचीबाट छानेर नाम सिफारिस गर्न पार्टी कार्यालयमा कार्यसम्पादन समितिको बैठकमा बसिरहेको नेता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
राप्रपाले प्रत्यक्षतर्फ एक सिट जितेको छ । छनौट भएका समानुपातिक सांसदको नामावली आज निर्वाचन आयोगलाई बुझाइने समेत जनाएका छन् । आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना समानुपातिक सांसद छनौट गरिसकेको छ । तर, सूचीमा को–को परेका छन् भन्ने सार्वजनिक गरिएको छैन ।
रास्वपा सचिवालय वैठकले छनौट गरेको समानुपातिक सांसदको सूची आजै आयोगमा बुझाउने तयारी रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी गराएका छन् । यस्तै नेकपा एमालेले पनि समानुपातिकतर्फका नौं सांसदको नाम टुङ्गो लगाइसकेको छ । त्यस्तै आज नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि समानुपातिक सांसदको टुङ्गो लगाउँदै छन् । उनीहरुको पनि आजै वैठक बस्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस !