इलाम–१ मा कांग्रेस र श्रम सँस्कृतिको कडा ‘टक्कर’, कहिले आउँला नतिजा ?
इलाम । प्रतिनिधिसभा निर्वाचनको मत गणनामा इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस र श्रम सँस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो समय इलाम–१ मा कांग्रेस उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार यहाँ कांग्रेसका निश्कल राईले १२ हजार ५१४ मत पाएका छन् । उनलाई हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले ११ हजार ७७८ मतसहित पछ्याइरहेका छन् ।
अहिले राई र नेम्वाङबीचको मतान्तर ७३६ छ । त्यसैगरी तेस्रो स्थानमा रहेका एमालेका काजीमान कागतेले ११ हजार ८७ मत ल्याएका छन् । चौथो स्थानमा रहेका रास्वपाका विमल गदालले ८,३२८ र पाँचौँ स्थानमा रहेका नेकपाका रनबहादुर राईले अहिलेसम्म जम्मा ६,६०३ मत पाएका छन् । इलाम–१ को अन्तिम मतपरिणाम आउन अझै केहि घण्टा लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !