सर्लाही -३ : नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै रास्वपाका नरेन्द्र साह भारी मतले विजयी
मलङ्गवा : सर्लाही क्षेत्र न ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका नरेन्द्र साह कलवार भारी मतका साथ विजयी भएका छन ।
साहले नेपाल कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५ सय ५२ मतले पराजित गरेका छन । साहले ४६ हजार ८ सय ९० मत ल्याएर विजयी बनेका छन ।
त्यसैगरी नेकपाका श्रेष्ठले १३ हजार ३ सय ३८ मत मात्र प्राप्त गरेका छन । नेपाली काङ्ग्रेसका विनोद कुमार खनालले ६ हजार ६ सय २४ र नेपाल एमालेका हरी प्रसाद उप्रेतीले ५ हजार ७ सय ७६ मत प्राप्त गरेका छन । यो जितसंगै सर्लाहीका चारवटै निर्वाचनमा क्षेत्रमा रास्वपाका उम्मेदवारले जित हात पारेका छन ।
प्रतिक्रिया दिनुहोस !