सर्लाही २ मा रास्वपाका रविन महतो विजयी
मलंगवा : सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो विजय भएका छन्। नेपाल कम्युनिस्ट पार्टी महिन्द्र राय यादवलाई ३३ हजार ९ सय ८९ मतले पछि पार्दै विजयी बनेका छन्। महतोले ४२ हजार ५ सय १२ मत ल्याएर विजयी बनेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी यादवले ८ हजार ५ सय २३ मत ल्याएका छन्। कुल १ लाख २५ हजार ३ सय ११ मतदाता रहेका क्षेत्र न २ मा ७७ हजार ७ सय ८९ मत खसेका थिए। जसमा ७२ हजार ३ सय ८१ सदर र ५ हजार ४ सय ८ मत बदर भएका छन्।
नेपाली कांग्रेसका डा सरोज कुमार ७ हजार ३९ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएका छन्। त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो ५ हजार ९ सय ९२ मत ल्याएर चौथो स्थानमा रहेको छ। महतोलाई शनिबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ।
प्रतिक्रिया दिनुहोस !