कञ्चनपुर –२ मा कांग्रेसका एनपी साउँदलाई पराजित गर्दै रास्वपाका दीपक बोहरा विजयी
महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहरा भारी मतान्तरले विजयी भएका छन् । बोहराले नेपाली कांग्रेस नेता पूर्व मन्त्री एनपी साउँदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
उनले ३३ हजार ९५२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका एनपी साउँदले १० हजार ८२७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बचन बहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का माधव प्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तिर्थ राज चटौटले १ हजार ९९३ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस !