सर्लाही -४ मा गगनभन्दा अमरेशकुमार दोब्बर मतले अगाडि
सर्लाही : सर्लाही निर्वाचन क्षेत्र नम्बर -४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ। सुरुदेखि नै अग्रता बनाएका रास्वपा उम्मेदवार अमरेशकुमार सिंह आफू निकट प्रतीद्धन्द्धी कांग्रेसका गगन कुमार थापा भन्दा ६ हजार ५५३ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार थापाले ९ हजार ६७४ मत प्राप्त गर्दा अमरेशकुमार सिंहले १६ हजार २२७ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६२ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका रजनिश रायले ७ सय ३ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस !