सर्लाहीका ४ क्षेत्रमा रास्वपाको अग्रता, गगनभन्दा अमरेशकुमार दोब्बर मतले अगाडि
मलङ्गवा : सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ। सुरुदेखि नै अग्रता बनाएका रास्वपा अहिले सम्म पनि सबै क्षेत्रमा अग्रता कायम राखेको छ।
क्षेत्र नम्बर १ मा रास्वपाकी नितिमा भण्डारी कार्कीले २४ हजार एक सय ८६ मत प्राप्त गरेकी छिन। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६ सय ३४ मत प्राप्त गरेका छन ।
क्षेत्र नम्बर २ मा रास्वपाका रविन महतोले १२ हजार ५ सय ८३ मतका साथ अग्रस्थानमा छन । त्यसैगरी नेकपाका महिन्द्र राय यादवले ३ हजार एक सय ५८ ल्याएर दोश्रो स्थानमा छन ।
क्षेत्र नम्बर ३ मा रास्वपाका नरेन्द्र साह कलवार १७ हजार २ सय ६९ मत ल्याएर अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपाका नारायणकाजी श्रेष्ठले ५ हजार ४ सय ८७ मत ल्याएका छन्।
क्षेत्र नम्बर ४ मा रास्वपाका अमरेश कुमार सिंहले ११ हजार ३ सय ८३ मत ल्याएर अग्रस्थानमा छन् । त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा ६ हजार ९ सय ५२ मतका साथ दोश्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस !