सर्लाही- ३ मा रास्वपाको अग्रता, दोस्रोमा नारायणकाजी श्रेष्ठ
सर्लाही : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर -३ मा रास्वपाका नरेन्द्र साह 'कलवार' अग्र स्थानमा छन् ।
पछिल्लो प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका साहले १ हजार ९ सय ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ३६६ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका हरी प्रसाद उप्रेतीले १६६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका विनोद कुमार खनालले १३७ मत प्राप्त गरी चौथो स्थानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !