सर्लाही -४ मा गगन थापा अमरेश कुमार भन्दा ४७१ मतले पछाडि
सर्लाही : सर्लाही निर्वाचन क्षेत्र नम्बर -४ मा गगन कुमार थापा ४७१ मतले पछाडि परेका छन् । पछिल्लो प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसका थापा सुरुवाती चरणमै आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४७१ मतले पछाडि परेका हुन् । रास्वपाका अमरेश कुमार सिंहले १ हजार २ सय ३९ मत प्राप्त गर्दा थापाले ७ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका अमनिश कुमार यादवले १९९ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रजनिश रायले १८ मत प्राप्त गरी चाैथाे स्थानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !