रुपन्देहीमा १० बजेसम्म २२ प्रतिशत बढी मत खस्यो, सुरक्षा व्यवस्था कडा
भैरहवा : रुपन्देहीमा प्रतिनिधिसभा सदस्यको लागि जारी निर्वाचनमा बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ । बिहान ७ बजेबाट सुरू भएको मतदान जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहकपूर्वक रुपमा भइरहेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।
‘जिल्लामा उत्साहपूर्वक मतदान भइरहेको छ,कतै कुनै समस्या छैन’,उनले भने,'बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ र मतदान गर्ने क्रम जारी छ ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार,जिल्लाको क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जना गरी कुल १५७ जना उम्मेदवार छन्। साथै,जिल्लामा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए । ‘सबै मतदानस्थलमा मजबुत सुरक्षा व्यवस्थामा मतदान भइरहेको छ’, उनले भने,'जिल्लाको सबै क्षेत्रसहित सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस !