राजेन्द्र लिङ्देनले गरे मतदान
झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । लिङ्देनले बिहीबार बिहान हल्दिबारी गाउँपालिका १ नम्बर वडा कार्यालय गोलधाप बुथको (ख) केन्द्रबाट मतदान गरेका हुन्।
झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङ्देन पाँचौँ पटक चुनावी मैदानमा छन्। उनी २०५६, २०७०, २०७४ र २०७९ सालमा उठेकोमा नेकपा एमालेसँग गरेको चुनावी तालमेलमा दुई पटक (२०७४ र २०७९) विजयी भएका थिए ।
उनले दुवै पटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजय गरेका थिए। यस पटक उनी तालमेल बिना एक्लै चुनावी प्रतिस्पर्धामा रहेका छन्। तर, काँग्रेस नेता सिटौला भने यस पटक चुनावी मैदानमा छैनन्।
मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङदेनले ५० प्रतिशत मतान्तरले विजयी हुने दाबी गरेका छन्। उनले अघिल्लो निर्वाचन भन्दा फरक किसिमको निर्वाचन भइरहेको बताए । उनका अनुसार निषेधको राजनीति देशको लागि भावसिद्ध भएन । अब यो मतदानले देशमा एउटा राष्ट्रिय सहमत गरि नेपाली जनतालाई निकाश दिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस !