नेप्से उकालोमा

नेप्से उकालोमा
सुन्नुहोस्

काठमाडौं : फागुनको दोस्रो साताभरि सेयर बजार उकालो यात्रामै रह्यो। यस साता ५ दिन सेयर कारोबार भएकामा ४ दिन सेयर बढेको थियो।अघिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २६४२.१४ अंकमा बन्द भएको नेप्से यस साता २६५४.९४ बिन्दुमा पुगेर बन्द भएको छ। यस साता आइतबार एकै दिन २७.५९ अंकले घटे पनि बाँकी दिनमा भने नेप्से बढि नै रह्यो।

सोमबार २.४१, मंगलबार २१.६२, बुधबार १०.३० र बिहीबार ६.०३ बिन्दुले बढ्दा साताभरि हेर्दा १२.७८ अंकले वृद्धि भयो। सातामा नेप्से न्यून बिन्दु सोमबार २६०८.८५ र उच्च बिन्दु बिहीबार २६६६.२२ अंकमा पुगेर सेयर कारोबार भएको थियो। यस साता सबैभन्दा घटी कारोबार बिहीबार ४ अर्ब १७ करोड ३६ लाख, सबैभन्दा बढी आइतबार ६ अर्ब ६९ करोड ९७ लाख र औसतमा दैनिक ४ अर्ब ९३ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो साता दैनिक औसत ८ अर्ब १५ करोड ३६ लाख रुपैयाँको खरिदबिक्री भएको थियो। यसरी हेर्दा सातामा औसत सेयर कारोबार झन्डै आधाले घटेको देखिन्छ।

यो साता नेप्सेको कुल बजार पुँजीकरण ४४ खर्ब ६६ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ। गत साताको बजार पुँजीकरण ४४ खर्ब ४४ अर्ब ५५ करोड रहेको थियो। यसले साताभर औसत सेयर कारोबार आधा जस्तै घटे पनि नेप्से १२.७८ ले बढ्दा कुल बजार पुँजीकरण २१ अर्ब ४७ करोड रुपैयाँले बढोतरी भएको छ।

यो साताभरि नै साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य बढ्यो। अघिल्लो साताको अन्तिम दिन प्रतिकित्ता ३ सय ६३ भएको साल्पाको यस साता ५ सय ८४ रुपैयाँ पुगेको छ भने रिलायन्सको अघिल्लो सातामा ३ सय ६१ रुपैयाँ ९० पैसामा बढ्दै गएर यो साता ५ सय ६७ रुपैयाँ पुगेको छ। यो साता कारोबारमा आएका उपसमूहमध्ये ट्रेडिङ, हाइड्रोपावर र अन्यको इन्डेक्सबाहेक सबै बढेका छन्।

श्री स्टिल्स उद्योगले आईपीओ ल्याउने

श्री स्टिल्स उद्योगले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् प्रतिकित्ता सय रुपैयाँ दरले ३३ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो। कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त भएको छ।श्री स्टिल्सका निर्देशक राजेशकुमार अग्रवाल र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट

रिज लाइन इनर्जी कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँट फागुन १४ गते भएको छ। कम्पनीले निष्कासन गरेको आईपीओमा २७ लाख २३ हजार ९ सउ १४ जनाले आवेदन दिएका थिए। आईपीओमा परेको २५ लाख ३७ हजार ३ सय १ आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाए।कम्पनीले गत माघ २८ देखि फागुन ४ सम्म ११ लाख ८० हजार २ सय ६० कित्ता सेयरका लागि आवेदन लिएको थियो।

अपर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको ५० करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजीमा १ः १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो। हाइड्रोपावरले ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्कासनका लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्कासन

कालिन्चोक हाइड्रोपावर कम्पनीले फागुन १३ देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड ५० लाख रुपैयाँको ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रकाका लागि निष्कासन गरेको छ। दोलखा जिल्लाका बिगु गाँउपालिका–८, कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीयले आवेदन दिन पाउने छन्। उनीहरूले फागुन २७ सम्म आवेदन दिन सक्नेछन्।

यस्तै, प्रतिकित्ता सय रुपैयाँका दरले ८२ लाख ५० हजार रुपैयाँको ८२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन भएको हो। उनीहरूले फागुन १७ सम्म आवेदन दिन सक्नेछन्।आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत लाभांश

युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सेयर कारोबारमा शिथिलता
प्रतिनिधिसभाको निर्वाचन नजकिएिसँगै सेयर कारोबारमा शिथिलता देखा परेको छ। गत माघमा प्रत्येक दिन ८ अर्बको सेयर किनबेच भएकामा हाल आएर दैनिक ४ अर्ब रुपैयाँ हाराहारीमा खुम्चिएको छ। बजारका सूचकहरू सबै ठीक छन्। बैंकको ब्याजदर निरन्तर ओरालो अवस्थामा छ। बैंकहरू सस्तो ब्याजदरमा तुरुन्त ऋण दिन आतुर छन्।
सेयर बजारका लागि माग हुँदै आएका नीतिगत व्यवस्थाहरू सुधारिएका छन्। नेपाल राष्ट्र बैंकले बजारका लागि लचिलो नीतिगत व्यवस्था ल्याएको छ। लगानीका लागि सूचकहरू धेरै कम्फर्ट छन्। यो लगानीको अवसर हो। तर, राजनीति स्थिर नहुँदा लगानीकर्ताको ‘कन्फिडेन्स’ हराएको छ। यसबेला उनीहरू सेयर बेच्न आत्तिएका पनि छैनन् र किन्न उत्साहित पनि देखिँदैनन्। प्रतिनिधिसभाको निर्वाचनले सबैको ध्यान खिचेका कारण पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो।लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा भएकाले चुनावपछि राजनीतिक हिसाबले लगानीको अवस्था राम्रो देखिएमा लगानीकर्ताले आँट गर्न थाल्ने विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.