कस्तो ल्याउँदैछ राप्रपाले आज घोषणापत्र ?
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार बिहान धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर छलफल गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
घोषणापत्र भ्रष्टाचारको अन्त्य, सुशासन तथा राजसंस्थाको पुनस्र्थापनासहितका एजेण्डामा केन्द्रित रहेर तयार गरिएको उनले जनाएका छन् । राप्रपाले आगामी राजनीतिक कार्यदिशा र आफ्ना प्राथमिकताबारे स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !