नवलपुरमा मोटरसाइकल दुर्घटना - एकको मृत्यु, ३ जना घाइते

नवलपुरमा मोटरसाइकल दुर्घटना - एकको मृत्यु, ३ जना घाइते
सुन्नुहोस्

नवलपुर : नवलपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। जिल्लाको कावासोती नगरपालिका वडा नम्बर १४ स्थित भित्री सडकमा आइतबार राती उक्त मोटरसाइकल दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती १४ अग्यौली स्थित भित्री सडकमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जनाएको छ। 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४-००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको हो। उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए।

दुर्घटनामा प्रदेश ०३-०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उनका छोरा ४ वर्षिय जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

आइतबार राती कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४-००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३-०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४-००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती ११ का घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.