राप्रपाले मौका पाए देशलाई सफल बनाएरै छोड्छ : राजेन्द्र लिङ्देन

राप्रपाले मौका पाए देशलाई सफल बनाएरै छोड्छ : राजेन्द्र लिङ्देन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभए पनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चुनावले देशको समस्या समाधान गर्न नसके पनि देशलाई थप संकटबाट बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका हुन्। नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा,राजनीतिक दल र नव युवा पुस्ताका बीच नविनतम सम्झौता नभइ मुलुकको समस्या समाधान हुन नसक्ने उनले बताए।

लिङ्देनले एउटा प्रजातान्त्रिक पार्टी हुनको नाताले विद्रोहमा जानुभन्दा चुनावमा सहभागी भएको धारणा राखे। उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको बताए । राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे।

लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.