आतंकवादी आक्रमण पीडितलाई समुद्रबाटै श्रद्धाञ्जली

आतंकवादी आक्रमण पीडितलाई समुद्रबाटै श्रद्धाञ्जली

बोन्डाइ (अस्ट्रेलिया) : सिड्नीको बोन्डाइमा भावुक ‘प्याडल–आउट’ श्रद्धाञ्जली अर्पण गर्न हजारौं मानिस समुद्रमा ओइरिएका छन्। ज्यानको बाजी लगाएर समुद्रमा कुदने सर्फरहरूसँगै असंख्यक मानिस एकता प्रदर्शन गर्न ‘बोन्डाइ तट’ पुगेका थिए। गोलीकान्ड भएको स्थानबाट करिब १५० मिटर दूरीमा, सर्फर, प्याडल बोर्डरस्थित समुद्रमा स्थानीय बासिन्दाहरू शुक्रबार बिहानै भेला भएका थिए। उनीहरूले यहुदीसँगै हरेक समूहसँग एकताको सन्देश दिएका छन्।

गत आइतबार (डिसेम्बर १४) मा १५ जनाको ज्यान जाने गरी भएको आतंवादी आक्रमणका मारिएकाप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो। सूर्योदयसँगै विश्वप्रसिद्ध बोन्डाइ बिचमा ठूलो संख्यामा मानिसहरू ‘प्याडल–आउट’ श्रद्धाञ्जलीमा 
सहभागी भएका हुन्।

कार्यक्रमको उद्देश्य ‘प्रकाश, प्रेम, करुणा र एकता फैलाउनु’, ज्यान गुमाएकाहरूलाई सम्मान गर्नु, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु तथा साहसी उद्धारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्नु रहेको आयोजकहरूले बताए। सहभागीमध्ये एक जनाले आफ्नो सर्फबोर्डमा सोलिडयारिटी (एकता) लेखेर भावनात्मक सन्देश दिएका थिए। आयोजकमध्ये डेभिड सोल्स्कीले यस्तो भव्य कार्यक्रम पछिल्ला ३६ घण्टाभित्रै तयार भएको जानकारी दिँदै भने, ‘यो यहाँको समुदायका लागि उपचार प्रक्रियाको सुरुवात हो।’

केन्द्रीय सिनेगोगका रब्बी योसेफ आइखेनब्लाटले कार्यक्रमलाई ‘अत्यन्तै हृदयस्पर्शी’ भन्दै प्रेम र समर्थनको अभूतपूर्व प्रदर्शन देखिएको बताए। ‘यदि हामी यस कार्यक्रमलाई सकारात्मक परिवर्तनको आधार बनाउन सक्छौं भने, त्यो नै घृणा र अन्धकारमाथिको सबैभन्दा ठूलो विजय हुनेछ,’ उनले भने।

स्थानीय बासिन्दा क्यारोलिनले समुद्रतट पुनः समुदायको हातमा फर्किएको देख्नु सुन्दर अनुभूति भएको बताइन्। ‘बोन्डाइ शान्ति र सौहार्दको स्थान हो र आज हामीले त्यही भावना फिर्ता ल्यायौं,’ उनले भनिन्। समुद्रभित्र पुगेपछि सहभागीहरूले ठूलो घेरा बनाएर एक मिनेट मौन धारण गरे। किनारबाट उपस्थितहरूले ताली र उत्साहका आवाजमार्फत समर्थन जनाए। कार्यक्रम सिड्नीको यहुदी समुदाय र स्थानीय समुद्री समूहहरूको संयुक्त पहलमा आयोजना गरिएको थियो। 

आयोजकका अनुसार यो दिवंगत रब्बी एली स्लांगरका अन्तिम पहलहरूमध्ये एक थियो। २० वर्षभन्दा बढी समयदेखि बोन्डाइमा बस्दै आएका रब्बी स्लांगर आइतबारको आक्रमणमा मारिएका थिए। उनी ‘अन्धकारभन्दा प्रकाश, घृणाभन्दा करुणा र विभाजनभन्दा एकता रोज्ने व्यक्ति’का रूपमा सम्झिइएका छन्। ‘उनको जीवनको उद्देश्य नै मानिसलाई एकतामा बाँध्नु र साझा मानवता सम्झाउनु थियो,’ आयोजकहरूले भने।

मौन श्रद्धाञ्जलीपछि सहभागीहरू सर्फ गर्दै पुनः किनार फर्किए। यस हप्ता बोन्डाइ समुदायले पीडितहरूको सम्मानमा विभिन्न जल–आधारित कार्यक्रमहरू आयोजना गरिरहेको छ। बुधबार मात्रै २०० भन्दा बढी पौडी खेलाडीहरूले स्मृति पौडी कार्यक्रम आयोजना 
गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.