साहसिक चायाहरूः आफूले गोली खाए, अरूको ज्यान जोगाए

साहसिक चायाहरूः आफूले गोली खाए, अरूको ज्यान जोगाए

सिड्नी (अस्ट्रेलिया ) : आतंकवादी आक्रमणको त्यो बीभत्स क्षण। आफू सरहका निःसहाय बालबालिकालाई आफ्नै शरीर ढाल बनाएर जोगाउन खोज्दै गर्दा १४ वर्षीया चाया डाडोनलाई खुट्टामा गोली लाग्यो। घाइते चाया मृत्युको डरका बीच पनि अरूको जीवन बचाउने साहस देखाउनपछि हटिनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको छ। आक्रमणका त्यो कहाली लाग्दो क्षणमा असाधारण वीरता प्रदर्शन गर्नेहरूमध्ये एक चाया क्रमशः निको हुँदैछिन्। उक्त भयावह आक्रमणमा चायासहित ४ जना बालबालिका घाइते भएका थिए।

एकाएक बोन्डी समुद्री किनारमा गोली बर्सिन थाल्यो। चायाले सहयोगका लागि एक महिलाको आँत्तिएको पुकार सुनिन्। ती महिलाले १४ वर्षीया चायालाई आफ्ना साना बच्चाहरू जोगाइदिन आग्रह गरेकी थिइन्। चाया आफ्ना साथी सँगै बेन्चबाट दौडिइन्। आफ्नो शरीरलाई दुई साना बच्चाहरूको माथि राखेर सुटरबाट बचाइन्। त्यही क्रममा केही क्षणमै चायाको खुट्टामा गोली लाग्यो।

उनका हजुरबुवा रब्बी याकोव लिडर भन्छन्– ‘स्वाभावले नै अरूको जीवन जोगाउन चाहन्थिन्। जब आतंकवादीले मानिस मार्दै छन्, भन्ने लाग्यो, उनले ज्यान बचाउने काम गरिन्।’ लिडरले चायालाई ‘संवेदनशील’ र ‘सान्त प्रेमी आत्मा’ भएको बताए। चायाले जोगाएकी एक महिला पनि गोली लागेर घाइते थिइन्। उनी पनि अस्पतालमा छिन्। 

आक्रमणका बेला धेरैले एक अर्कालाई बचाउने प्रयास गरेका थिए। एउटी अपरिचित बालिकालाई बचाउन जेसिका रोजिन पनि रक्षाकबच जस्तै बनेकी थिइन्। गर्भवती महिला गोली लाग्नबाट अरूलाई जोगाउन दौडधुप गर्दै थिइन्। गोली चलिरहेका बेला हिम्मत र बहादुरीका साथ साना बालबालिका जोगाउने जेसिका आफूले निभाएको भूमिकालाई मानवीय धर्म ठान्छिन्। भन्छिन्– ‘तर म नायक होइन।’ 

जेसिका सिड्नीकी आमा हुन्। आफ्नो तेस्रो सन्तान गर्भमा राखेर बोन्डाइको ‘चानुक्का बाई द सी’ कार्यक्रममा सहभागी भएकी थिइन्। जब गोलीबारी सुरु भयो, साना बालबालिकालाई आफ्नो शरीरले ढाकेर ढाल बनेकी थिइन्। त्यति बेला उनको शरीरमा रगतका छिटा परिसकेका थिए। तर, पनि बालिकालाई बचाइरहेकी थिइन्। उनी भन्छिन्– ‘म साथीहरूसँग कुरा गर्दै थिएँ। पति छोरी, छोरा र सासूलाई लिएर टाइलेट जानुभएको थियो। त्यति बेला गोली चल्यो।’ रोजिनले गोलीबारीको समयमा रक्षाकबच बनेर बचाउने धेरै अन्य नायकहरू पनि देखेको बताइन्। 

अरूको ज्यान बचाउन आफ्नो ज्यानको बाजी लगाउनेहरूमध्ये ४३ वर्षीय अहमद अल–अहमदलाई त प्रधामन्त्री एन्थोनी अल्बानीजले ‘वीर पुरुष’ नायकको संज्ञा नै दिएका छन्। जसले ५० वर्षीया आक्रमणकारी साजिद अकरामलाई पछाडिबाट समातेर हातको बन्दुक खोसेका थिए। धेरैको ज्यान जानबाट जोगाउँदा भएको लडाइँमा घाइते अहमद पनि अस्पतालमा छन्। छिट्टै नै उनी घर फर्किने छन्। 

एक अर्कालाई मृत्युको मुखबाट जोगाउन प्राणको बाजी लगाउँदा लगाउँदै १० वर्षीया बालिका मटिल्डाको भने मृत्यु भयो। उनका पिता माइकलले अस्ट्रेलियामा जन्मेकी पहिलो सन्तान भएकाले माटिल्डा नाम राखेको बताए। ‘मैले सोचे मटिल्डा अस्ट्रेलियाली नाम हो। त्यसैले त्यो नाम दिएका थियौं,’ उनले भने। 
अस्ट्रेलियामा वाल्टजिंग माटिल्डा भन्ने अत्यन्त प्रसिद्ध लोकगीत छ। यो गीतलाई धेरैले अनौपचारिक राष्ट्रिय गीत मान्छन्। त्यसैले छोरीको नाम माटिल्डा राखेका थिए। 

जुन अस्ट्रेलिया, बेलायत, युरोप सँगै र विश्वभर प्रचलित नाम हो। उनीहरू युक्रेनबाट यहाँ आएकाले छोरीलाई राष्ट्रिय पहिचना दिन चाहेका थिए। उनकी पत्नी भ्यालेन्टिनाले आफ्नो थर गोप्य राख्न अनुरोध गर्दै आएकी छिन्। अहिलेसम्म आँसु थाम्न सकिरहेका छैनन्। काकी लिनाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘हाम्रो परिवारमा ठूलो दु:खको घटना भयो। प्रिय भतिजी माटिल्डा आतंकवादी आक्रमणमा मारिइन्। हामी यस्तो दु:ख कसरी बाँच्ने थाहा छैन।’ 

घाइते माटिल्डालाई सिड्नी बाल अस्पतालमा लगिएको थियो। जहाँ पछि उनको मृत्यु भयो। माटिल्डा सिड्नीको हार्मोनी रसियन स्कुलकी पूर्वविद्यार्थी थिइन्। उनीको निधनको खबर सुनेपछि स्कुल परिवारले पनि ‘गहिरो दु:ख लागेको जनाएको छ।’ उनको सम्झना हाम्रो हृदयमा सधैं रहनेछ,। स्कुलले सामाजिक सञ्जालमा गरेको पोस्टमा लेखिएको छ। न्यूसाउथ वेल्स प्रहरीका अनुसार ४२ जना घाइतेलाई उपचारार्थ अस्पताल लगिएको थियो। तीमध्ये २ जनाको अस्पतालमा मृत्यु भयो। २० जना उपचारपछि फर्किसकेका छन्। २० जना घाइते अझै अस्पतालमा छन्। जसमध्ये एक जना आक्रमणकारी पनि छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.