धनकुटाबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ गगनकुमार थापा सिफारिस

धनकुटाबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ गगनकुमार थापा सिफारिस

धनकुटा : आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा सिफारिस भएका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको जिल्ला पदाधिकारी, महासमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जिल्ला सभापति दिनेश राईले जानकारी दिए।

उनका अनुसार महामन्त्री थापा कांग्रेसको भावी सभापति तथा प्रधानमन्त्रीका रूपमा समेत हेरिएकाले जिल्लाबाट उनको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो। 

जिल्ला सभापति राईका अनुसार विगतमा पनि सूर्यबहादुर थापा, नगेन्द्र प्रसाद रिजाल र वर्तमान प्रधानमन्त्री सुशीला कार्की धनकुटा प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेको इतिहास भएकाले पनि थापाको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो। 

बैठकले प्रत्यक्षतर्फका लागि जिल्ला सभापति दिनेश राई, पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ र हरिकुमार राई लगायतको नाम समेत सिफारिस गरिएको जिल्ला सचिव विजयसन्तोषी राईले बताए।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, संविधानसभा सदस्य लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्वजिल्ला सचिव रविन्द्र नेपाली लगायतका नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा कमोट फागो, सिता प्रधान लगायतका नामहरू सिफारिस गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.