सुस्त मनस्थितिकी बालिका बलात्कृत, पेटमा २९ हप्ताको गर्भ

सुस्त मनस्थितिकी बालिका बलात्कृत, पेटमा २९ हप्ताको गर्भ

अछाम : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला अछाममा एक सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको घटना बाहिरिएको छ। बलात्कारपछि बालिकाको पेटमा २९ हप्ताको गर्भ रहेको खुलेको छ।

बालिकाको पेट बढ्दै गएपछि पेट दुख्ने समस्या भई मंसिर १९ गते आफन्तले जिल्ला अस्पताल मंगलसेनमा ल्याई स्वास्थ्य परीक्षण गराउँदा पेटमा २९ हप्ताको गर्भ रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको छ। ढकारी गाउँपालिका-२ बलातीवाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको हो। ढकारीबाट खटिएको टोलीले आरोपी साउदको घरबाट नियन्त्रणमा लिई जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। 

बालिकाले आफैंले आरोपीको नाम बताएपछि प्रहरीले पक्राउ गरेको खनालले बताए। प्रहरीका अनुसार बालिकालाई अहिले सेफ हाउसमा राखिएको छ। ११ वर्ष पहिले बालिकाको आमाको मृत्यु भइसकेको थियो भने बुवा पनि रोजगारका लागि भारतमा छन्। घरमा बालिका कान्छो भाइसँग बस्दै आएकी थिइन्। पीडित बालिकाको तीन दाजुभाइ र दुई दिदीबहिनी छन्।

जेठ १४ गते वनमा दाउरा काट्न गएका बेला बालिकालाई साउदले बाँझो खर्कभित्र ललाइफकाइ बलात्कार गरेको खुल्न आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.