पृथक होमियोप्याथी

पृथक होमियोप्याथी

होमियोप्याथी आज विश्वभर विशाल रूपमा अभ्यास हुने, वैज्ञानिक अनुसन्धानको विषय बन्ने र लाखौं बिरामीले भरोसा गर्ने चिकित्सा पद्धतिमध्ये एक हो। यसको सिद्धान्त, औषधि तयार गर्ने तरिका, रोग बुझ्ने दृष्टिकोण र रोगी हेर्ने प्रणाली अन्य चिकित्सा पद्धति जस्तै– एलोप्याथी, आयुर्वेद, तिब्बती, प्राकृतिक चिकित्सा आदि सबैभन्दा धेरै भिन्न छ। यही भिन्नताले होमियोप्याथीलाई विशिष्ट, व्यक्तिगत र गहिरो चिकित्सकीय विज्ञानको रूपमा स्थापित गरेको छ।

रोग होइन, रोगीको उपचार गर्ने पद्धति : अन्य चिकित्सा पद्धतिहरूमा मुख्य रूपमा रोगको नाम, रोगको रिपोर्ट, रोगको प्रकार आधारित उपचार हुन्छ। उदाहरण, एलोप्याथीमा ग्यास्ट्रिक भयो भने एन्टासिड, संक्रमण भयो भने एन्टिबायोटिक, मुटुको समस्या भने बिटा–ब्लकरजस्ता निर्धारित औषधि हुन्छन्। तर होमियोप्याथीमा रोग होइन, रोगी उपचारको केन्द्र हुन्छ। एउटै किसिमको रोगका पाँचजनामा पाँच फरक औषधि लागू हुन सक्छन्। जस्तै– माइग्रेन (आधा टाउको दुख्नु) हुँदा एकजना दुखाइका कारण चिडचिडे, अर्को शान्त तर घामले असह्य हुन्छ, अर्को थकानले ट्रिगर हुन्छ, एउटालाई बान्ता हुन्छ भने अर्कोलाई आवाजले दुखाइ बढ्छ। यी सबैका लागि होमियोप्याथीमा फरक–फरक औषधि दिइन्छ।

यसले के देखाउँछ ? : होमियोप्याथी मानवलाई शरीर, मन, व्यवहार र वातावरणसहित सम्पूर्ण रूपमा हेर्छ। यही समग्र दृष्टिकोणले यस चिकित्सा पद्धतिलाई सबैभन्दा फरक बनाएको छ। ‘समान समानस्य उपचारम्’। अनौठो तर शक्तिशाली सिद्धान्त नै होमियोप्याथीको मूल सिद्धान्त हो। जस्तैले जस्तैलाई निको पार्छ। अन्य पद्धतिहरू रोगविरुद्ध विरोधी औषधि प्रयोग गर्छन्। एन्टिबायोटिक– ब्याक्टेरिया मार्ने, एन्टिभायरल– भाइरस रोक्ने, एन्टिडिप्रेसन्ट– न्युरोकेमिकल बढाउने र एन्टिस्पास्मोडिक– ऐठन घटाउने। तर होमियोप्याथीमा रोगजस्तै लक्षण उत्पन्न गर्ने पदार्थलाई अत्यन्त सूक्ष्म, शक्ति–वृद्धि (पोटेन्साइज) गरेर बिरामीलाई दिइन्छ। यसको प्रभाव शरीरको जीवनी–शक्ति (भाइटल फोर्स)मा हुन्छ, जसले शरीरलाई रोगसँग लड्न सजग बनाउँछ।

केही उदाहरण हेरौं : कफीले निद्रा उडाउँछ– (कोफिया) अनिद्रामा प्रयोग। प्याजले आँखाबाट पानी बगाउँछ– (एलियम सिपा) राइनाइटिसमा प्रयोग। सिन्कोना बोक्राले कमजोर व्यक्तिमा थकान ल्याउँछ– (चाइना) कमजोरीमा प्रयोग। यो सिद्धान्त अन्य कुनै आधुनिक वा वैकल्पिक चिकित्सा प्रणालीसँग मेल खाँदैन। पोटेन्साइजेसन-औषधि बनाउने अनौठो तर वैज्ञानिक विधि हो। होमियोप्याथीको सबैभन्दा ठूलो विशेषता हो-पोटेन्साइजेसन (शक्तिवर्धन)। यो तीन चरणमा हुन्छ-१.डायल्युसन (थोरै–थोरै गरी पातलो बनाइने) २.सक्सेसन (झट्का दिने) ३.एनर्जी एक्टिभेसन र अन्य पद्धतिमा मात्रा (खुराक) बढाउँदा असर बढ्छ। तर होमियोप्याथीमा मात्रा घटाउँदै जाँदा शक्ति बढिरहन्छ।

होमियोप्याथी सबैलाई सुरक्षित : यो सिद्धान्त आज ‘नानो–टेक्नोलोजी’, ‘नानो–पार्टिकल मेकानिज्म’, ‘वाटर मेमोरी थियोरी’ आदि वैज्ञानिक अनुसन्धानका विषय बनेका छन्। यसमा साइड इफेक्ट हुँदैन किनकि औषधिमा विषाक्तता रहँदैन। एलोप्याथिक औषधिहरूमा किड्नीमा असर, लिभरमा असर, पाचनमा समस्या, एलर्जी र एन्टिबायोटिक रेजिस्टेन्सजस्ता धेरै प्रतिकूल प्रभाव देखिन्छ। तर होमियोप्याथिक औषधिहरू अत्यन्त सूक्ष्म हुँदा शरीरमा कुनै रासायनिक क्षति गर्दैन।यस कारण किड्नी कमजोर, लिभर रोग, गर्भवती महिला, साना बच्चा र पुराना रोग सबैलाई होमियोप्याथी सुरक्षित विकल्प मानिन्छ।
मन–भावनासँग उपचारको प्रत्यक्ष सम्बन्ध : अर्को ठूलो भिन्नता– होमियोप्याथीले भावनात्मक अवस्था र मानसिक लक्षणलाई पनि औषधि चयनको मुख्य केन्द्र बनाउँछ। उदाहरण, गहिरो शोक– इग्नेसिया, आत्मविश्वासको अभाव, असुरक्षा, साइलिसिया, क्रोध दबाउने बानी– स्टेफसिग्रिया र बिछोडको पिडा– नेट्रम म्युर। अन्य चिकित्सा पद्धतिमा मनोवैज्ञानिक पक्षलाई औषधि चयनको प्रमुख आधार बनाइँदैन। रोगलाई दबाउने होइन, निकालेर रोगलाई जरैबाट हटाउने प्रयास हुन्छ होमियोप्याथीमा।

उपचार रोगीको पूरै जीवन बुझेर : एलोप्याथीमा धेरै रोगका लक्षणलाई दबाउने (सप्रेस) गर्ने औषधि दिइन्छ-एलर्जी भए एन्टिहिस्टामिन, पीडा भए पेनकिलर, खोकी भए एन्टिटसिभ, दुखाइ भए एन्टिइन्फ्लेमेटोरी। तर होमियोप्याथीमा लक्षण–लक्षण हटाउने होइन, रोग जरैबाट निकाल्ने। यो प्रक्रियाभित्रको असन्तुलन (जीवनीशक्तिको असन्तुलन)लाई ठीक पारेर सम्भव हुन्छ। पूर्ण जीवन–इतिहासका आधारमा बिरामीको केश हिस्ट्री। होमियोप्याथिक केस–टेकिङ अन्य पद्धतिभन्दा धेरै फरक र गहिरो हुन्छ। यसमा हेर्ने भनेको रोग सुरु हुने परिस्थिति, मनोवैज्ञानिक प्रभाव, पारिवारिक इतिहास, मौसम र समयअनुसार परिवर्तन, खानपानले के असर गर्छ ? निद्रा, पसिना, तिर्खा, तापक्रम आवश्यकता, व्यवहार, स्वभाव, डर, खुसी, आघात। यो समग्र व्यक्तिपरक– पद्धति नै होमियोप्याथीको पहिचान हो।

क्रोनिक (पुरानो) रोगमा होमियोप्याथीको अद्वितीय प्रभाव : एलोप्याथीमा पुराना रोगहरू हाई बीपी, डाइबिटिज, एलर्जी, माइग्रेन, स्किन डिसअर्डर, अस्थमा, सायटिका, हाइपोथाइराइड र अटो–इम्युन रोग। धेरैजसो जीवनभर औषधि खाने व्यवस्थापन उपचार हुन्छ। तर होमियोप्याथीमा सही औषधिले पुरानो रोग पनि जरैबाट कम वा समाप्त हुन सक्छ। यो यसको सबैभन्दा ठूलो विशेषता हो। सुरक्षित, सस्तो र दीर्घकालीन होमियोप्याथ। यो सस्तो, सजिलै उपलब्ध, गैर–विषाक्त, दीर्घकालीन र परिवारमै प्रयोग हुने चिकित्सा पद्धति हो। विकसित र विकासोन्मुख दुवै क्षेत्रमा यसको लोकप्रियता यही कारणले बढेको हो।
रोग प्रतिरोधात्मक क्षमता : होमियोप्याथीमा (जुनस एपिडेमिक्स) महामारी अध्ययन नामले चिनिने समग्र समुदायलाई रोग नफैलियोस् भनेर दिने प्रतिबन्धात्मक औषधि विकसित गरिएको छ। यो विधि अन्य पद्धतिमा देखिन्न।

निष्कर्ष : होमियोप्याथी अन्य चिकित्सा पद्धतिभन्दा फरक हुनुका मुख्य कारणहरू—
-रोग होइन, रोगीको उपचार गर्ने दर्शन
-जस्तैले जस्तै निको पार्छ सिद्धान्त
-पोटेन्साइजेसनले ऊर्जा आधारित औषधि निर्माण
-प्रभावकारी तर अविषाक्त उपचार प्रणाली
-मन–शरीरको एकीकृत उपचार
-जरैबाट उपचार-दबाब होइन उपचार
-विस्तृत केस–टेकिङ र व्यक्तिगत उपचार
-पुराना रोगहरूमा गहिरो प्रभाव
-सुरक्षित, सस्तो, दीर्घकालीन चिकित्सा
होमियोप्याथी आज केवल वैकल्पिक चिकित्सा होइन, एक गहिरो वैज्ञानिक–मानसिक–ऊर्जात्मक चिकित्सा प्रणाली हो। मानवीय व्यवहार, जीवनी–शक्ति, प्रकृतिको समानता, भौतिक–ऊर्जाको सम्बन्ध र रोगीको सम्पूर्ण जीवन पहिचान गर्ने यस्तो पद्धति अन्यत्र पाइँदैन। यसैले, होमियोप्याथी मानव केन्द्रित सबैभन्दा विशिष्ट चिकित्सा पद्धति हो।
मिश्र, वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.