एभ्रेष्ट भलिबल लिग : पोखराले रोक्यो ललितपुरलाई
काठमाडौं : एभ्रेष्ट महिला भलिबल लिगमा आज भएको दोस्रो खेलमा ललितपुर क्विन्सलाई पोखरा निन्जाजले ३–० ले हराएको छ। आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा पुनः सुचारु भएको एभ्रेष्ट महिला भलिबल लिगमा पोखराले ललितपुरलाई २५–२२, २५–१३ र २५–२० ले हराएको हो।
यो पोखरा निन्जाजको लिगको पहिलो जित हो। पोखरासँग हार्दा ललितपुरको अविजित यात्रालाई पूर्णविराम लागेको छ। त्यससँगै ललितपुरको फाइनल होडमा पनि पोखराले केही धक्का दिएको छ।
पहिलो खेलमा कर्णाली यश्वीसले मधेश युनाइटेडलाई ३–० सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो। लगातार ४ खेल जित्दै साबिक विजेता कर्णाली फाइनल प्रवेश गरेको हो।
यसअघि पोखरा कर्भड हलमा ९ खेल सकिँदा अंक तालिकाको शीर्षमा रहेको ललितपुर हार्दा काठमाडौं स्पाइकर्सलाई फाइदा हुनेछ।
काठमाडौंले २ खेल खेल्न बाँकी छ। लुम्बिनी लाभाज, पोखरा निन्जाज र मधेश युनाइटेड फाइनल होडबाट बाहिरिसकेका छन्।
पहिलो संस्करणको एभ्रेष्ट महिला भलिबल लिग कर्णाली यश्वीसले जितेको थियो।
प्रतिक्रिया दिनुहोस !