हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं :  हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो। 
मिसनरोड ग्राउन्ड मङककमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ११२ रन बनाएको थियो। 

११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन बनायो । नेपालका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ५३ रन बनाए। लोकेश बमले १० रन बनाउँदा रासिद खान ११ रनमा एलबीडब्ल्यू भए। आदिल आलम ११ र रुपेश सिंह १ रनमा अविजित रहे। 

अफगानिस्तानका लागि फरमानुल्लाह र इजाज अहमद अहमजदाईले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको अफगानिस्तानको लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए। कप्तान गुबादिन नैबले २२, सेदिदुल्लाह पचाले १३ रन बनाए। फरमानुल्लाहले ३० रनको अविजित पारी खेले। 

नेपालका लागि रसिद खानले ह्याट्रिक सहित ४ विकेट लिए। लोकेश बमले १ विकेट लिए। नेपालले दोस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.