दिगो विकास लक्ष्यका चुनौती

दिगो विकास लक्ष्यका चुनौती

दिगो विकास लक्ष्य एउटा साहसिक विश्वव्यापी सम्झौता हो । जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्छ । दिगो विकासका १७ लक्ष्य तथा १ सय ६९ सहायक लक्ष्य छन् । संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्र सम्मिलित राष्ट्रसंघीय साधारणसभाको शिखर सम्मेलनले १ जनवरी २०१६ देखि लागू गरेको हो । लक्ष्यहरू २०३० सम्ममा पूरा गर्ने लक्ष्य तोकिएको छ ।

जसमा उल्लेख छ– सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने, भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रवर्धन गर्ने, सबै उमेरसमूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने, सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्ने, लैंगिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने उल्लेख छ । यसैगरी, सबैका लागि स्वच्छ पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने, सबैका लागि किफायती, विश्वसनीय, दिगो र आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने, उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने पनि छन् । 

यसैगरी, मुलुकभित्र तथा मुलुकबीच असमानता घटाउने, सहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने, दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने, दिगो विकासका लागि महासागर, समुद्र र समुद्री साधनस्रोतहरूको दिगो प्रयोग तथा संरक्षण गर्ने, स्थलीय पर्यावरणको संरक्षण, पुनस्र्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने पनि छ । दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सवै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने, दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोतसाधन सुदृढ गर्ने उल्लेख छ ।

सन् २०३० सम्ममा चरम गरिबी अर्थात् हालको मापनअनुसार दिनको १.२५ डलरभन्दा कममा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरिबी अन्त्य गर्ने कार्यहरूमा बढीभन्दा बढी लगानी प्रवर्धन गर्न गरिबमुखी र लैंगिकमैत्री विकास रणनीतिमा आधारित राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट नीतिगत खाका तर्जुमा गर्ने भनिएको छ । २०३० सम्ममा भोकमरीको अन्त्य गर्ने तथा सबै नागरिक खासगरी शिशुलगायत गरिब र जोखिमपूर्ण स्थितिमा रहेकालाई वर्षभरि नै सुरक्षित, पौष्टिक र पर्याप्त खाद्यको पहुँच सुनिश्चित गर्ने उल्लेख छ । चरम खाद्यान्न मूल्य अस्थिरतालाई कम गर्न खाद्यवस्तुको बजार र तिनको उत्पादनको उचित परिचालन र खाद्यान्नको बचत र बजार जानकारीमाथिको पहुँचका लागि विभिन्न उपाय अपनाइनेछ ।

२०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदरलाई हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने, सबै देश खासगरी विकासोन्मुख देशमा आन्तरिक तथा विश्वव्यापी स्वास्थ्य जोखिमको पूर्वचेतावनी, जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बताइएको छ । सान्दर्भिक र प्रभावकारी सिकाइका उपलब्धिहरू हासिल हुने गरी सबै बालबालिकाले निःशुल्क, समतामूलक र गुणस्तरीय प्राथमिक माध्यमिक शिक्षा पूरा गरेको सुनिश्चित गर्ने भनिएको छ । यसैगरी, विकासशील मुलुकहरू, विशेषगरी अति कम विकसित देशहरू र विकासशील साना टापु राज्यहरूमा अन्तर्राष्ट्रिय सहयोगमार्फत शिक्षकलाई तालिम उपलब्ध गराइ योग्य शिक्षकहरूको आपूर्तिमा उल्लेख्य वृद्धि गर्ने उल्लेख छ ।

२०३० सम्ममा सबैको खर्च धान्न सक्ने लागतमा सबैका लागि समतामूलक रूपमा सुरक्षित खानेपानी पुर्‍याउने, पानी र सरसफाइ व्यवस्थापनको लागि स्थानीय समुदायको सहभागितालाई सुदृढ गर्न सहयोग गर्ने र किफायती, विश्वसनीय र आधुनिक ऊर्जाका सेवाहरूको विश्वव्यापी पहुँच सुनिश्चित गर्ने भनिएको छ । राष्ट्रिय अवस्थाअनुसार प्रतिव्यक्ति आर्थिक वृद्धि कायम राख्ने र विशेषगरी अति कम विकसित देशहरूमा कम्तीमा वार्षिक ७ प्रतिशत कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने साथै युवा रोजगारीका लागि विश्वव्यापी रणनीतिको विकास र सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय श्रम संगठनको विश्व रोजगारी सम्झौतालाई लागू गर्ने उल्लेख छ । आर्थिक विकास र मानव समृद्धि हासिल गर्न सबैका लागि किफायती र समतामूलक पहुँच हुन सक्ने गुणस्तरीय, दिगो एवं अन्तरदेशीय पूर्वाधारको निर्माण पनि गर्नेछ ।

सूचना र सञ्चार प्रविधिको पहुँचमा उल्लेख्य वृद्धि गर्ने र अल्पविकसित देशहरूमा कम्तीमा पनि २०३० सम्ममा सबैको इन्टरनेटमा पहुँच उपलब्ध गराउन प्रयास गर्ने, आर्थिक हिसाबले सबैभन्दा तल रहेको ४० प्रतिशत जनसंख्याको आय वृद्धिदर राष्ट्रिय औसतभन्दा उच्च हासिल गर्ने र त्यसलाई कायम राख्ने भनिएको छ । सबैले धान्न सक्ने, सुरक्षित र पर्याप्त मात्रामा आवास तथा आधारभूत सेवाहरूमा पहुँच सुनिश्चित गर्ने तथा अव्यवस्थित बस्तीहरूको स्तरोन्नति गर्ने उल्लेख छ । दिगो उपभोग र उत्पादन प्रतिमानको १० वर्षीय कार्यक्रमको रूपरेखालाई सबै देशले कार्यान्वयन गरेर, विकासोन्मुख देशहरूमा विकास गर्ने र उनीहरूको क्षमतालाई ध्यानमा राख्दै विकसित देशहरूले नेतृत्व लिएर लागू गर्ने पनि छ । सबै राष्ट्रले जलवायु उत्पन्न जोखिम र प्राकृतिक प्रकोषको समानुकूलन तथा अनुकूलनको क्षमता अभिवृद्धि गर्ने उल्लेख छ ।

यसैगरी, समुद्री र रसायनजन्य फोहोरलगायत सबै खाले प्रदूषण, खासगरी भूमिमा आधारित गतिविधिबाट हुने समुद्री प्रदूषणलाई नियन्त्रण र त्यसलाई पर्याप्त मात्रामा कम गर्ने, अन्तर्राष्ट्रिय सम्झौताअन्तर्गतका दायित्व अनुरूप स्थलीय र जनचर पारिस्थितिकीय प्रणाली र त्यसका सेवाहरू, खासगरी जंगल, सिमसार, हिमाल तथा सुक्खा भूमिको सुरक्षा, पुनस्र्थापना तथा दिगो प्रयोग सुनिश्चित गर्ने प्रतिबद्धता छ । सबै ठाउँमा सबै प्रकारका हिंसा र यससँग सम्बन्धित मृत्युदर उल्लेख्य रूपमा कम गर्ने, विकासोन्मुख देशहरूका लागि अन्तर्राष्ट्रिय समर्थनका साथै कर तथा अन्य राजस्व संकलनको घरेलु क्षमतालाई सुधार गर्ने घरेलु स्रोतहरूको परिचालन बलियो पार्ने भनिएको छ । विकासोन्मुख देशहरूको कुल गार्हस्थ्य उत्पादनलाई सहयोग गर्नेगरी दिगो विकासको प्रगतिको मापन गर्न आवश्यक क्षमताका लागि विद्यमान वा जारी पहललाई अरू मजबुत गर्नेछ ।

यी लक्ष्यहरू पूरा गर्न अब पाँच वर्ष पनि बाँकी छैन । त्यसमा बढी लक्ष्यहरू स्वास्थ्यसँग सम्बधित छन् । सम्बन्धित निकायहरू हालसम्म कुन विषयमा कति लक्ष्यहरू कति पूरा भएका छन् भनेर आधिकारिक प्रगति जानकारी गराएको छैन । यी लक्ष्यहरू पूरा गर्न हाल विश्वमा विभिन्न किसिमका प्राकृतिकलगायत विभिन्न कारणले दिगो विकासका लक्ष्य पूरा हुने विषयमा समस्या र चुनौती थपिएका छन् । यसमा सम्बन्धित निकायहरू धेरै समस्या आएको हुँदा गम्भीर स्थिति सिर्जना भएको छ । विश्वको कुनै पनि भागमा बसोबास गर्ने मानव जातिको उन्नति, प्रगतिलगायत सुखले बाँच्ने पाउनेमा हामी आशावादी बनौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.