भरत यादव राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त
काठमाडौं : राष्ट्रिय महिला भलिबल टिमका सहायक प्रशिक्षकको रूपमा कार्यरत रहेका भरत यादवले राष्ट्रिय पुरुष भलिबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका छन्।
नेपाल भलिबल संघ (एनभीए)ले उनलाई राष्ट्रिय पुरुष टोलीको प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरेको हो।
आगामी कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुने काभा पुरुष भलिबल नेसन्स लिग २०२५ को लागि उनले नेपालको प्रशिक्षण गर्नेछन्।
नेपाली पुरुष भलिबल टिमले १९ औँ एसियन गेम्स र श्रीलंकामा भएको काभा पुरुष च्यालेन्ज कप पछि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन।
यादवलाई विशेषतः यही काभा नेसन्स लिगको लागि पुरुष टिमको जिम्मा लगाइएको संघले जानकारी दिएको छ।
यस प्रतियोगिताका लागि सहायक प्रशिक्षकको रूपमा उत्सव खड्का नियुक्त भएका छन्। हेल्प नेपाल स्पोट्र्स क्लबबाट बारम्बार आफूलाई घरेलु भलिबलमा अब्बल प्रमाणित गरेका उत्सवले राष्ट्रिय टिमको सहायक प्रशिक्षकको भूमिका पाएका हुन्।
प्रतिक्रिया दिनुहोस !