भोटेकोशीमा बाढी : रसुवागढी नाका जोड्ने सडक बन्द
काठमाडौं : रसुवागढी नाका जोड्ने सडक बन्द भएको छ। बाढी र पहिरोका कारण स्याफ्रु-रसुवागढी सडकखण्ड अवरुद्ध भएको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार भोटेकोशीमा आएको बाढीले स्याफ्रु-रसुवागढी सडक खण्डका विभिन्न स्थानमा क्षति पुर्याएको छ। गएराति भोटेकोशीमा आएको बाढीका कारण नेपाल-चीन जोड्ने रसुवागढीमा रहेको मितेरी पुल बगाएको थियो।
बाढीपहिरोले रसुवागढीसम्म पुग्ने सडक सञ्जाल पनि अवरुद्ध भएको हो। यसले राहत तथा उद्धारमा समस्या भएको अधिकारीले बताए। उनका अनुसार हालसम्म १८ जना सम्पर्कविहीन छन्। जसमा ६ जना चिनियाँ नागरिक रहेका छन्।
भोटेकोशीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको हो। अहिले उद्धारका लागि ९४ जनाको टोली खटिएको छ।
प्रतिक्रिया दिनुहोस !