नेपाल पराजित, स्कटल्यान्डले जित्यो त्रीदेशीय टी-२० शृंखलाको उपाधि

नेपाल पराजित, स्कटल्यान्डले जित्यो त्रीदेशीय टी-२० शृंखलाको उपाधि

काठमाडौं : नेपालले स्कटल्यान्डसँग अन्तिम खेलमा पराजित भएको छ। स्कटल्यान्डमा भएको त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा स्कटल्यानडसँग ३४ रनले पराजित भएको हो। यससँगै शृंखलाको उपाधि स्कटल्यान्डले जितेको छ।
 
ग्लासगोस्थित तितवुड क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टकल्यान्डले १९३ रन बनाएको थियो। स्कटल्यान्डले दिएको १९४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्रै बनाउन सक्यो। नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४२ रन बनाउँदै अविजित रहे। उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।  

नेपालले पहिलो ओभरको चौथो बलमा नै ओपनर कुशल भुर्तेलको विकेट गुमायो। उनले ४ बलमा १ चौकासहित ४ रन बनाउँदै पेभेलियन फर्किए। दोस्रो विकेटको रुपमा वान डाउन क्रिजमा आएका भिम सार्की क्याच आउट हुँदै पेभेलियन फर्किए। उनले १० बलमा २ चौकासहित १२ रन बनाएर सफ्यान सरिफको बलमा मार्क वाटको हातमा क्याच भए। 

४.१ ओभरमा तेस्रो विकेटको रुपमा ओपनर आसिफ शेख रन आउट भए। उनी र कप्तान रोहितबिच रन लिने नलिने भन्ने कुराको अन्योलमा आसिफ ननस्ट्राइक इन्डमा रनआउट भए। आसिफले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाए। ५.१ ओभरमा आरिफ शेखको रुपमा नेपालले चौथो विकेट गुमायो। उनले ५ बलमा १ चौका सहित ५ रन बनाए। 

नेपालले पावरप्लेमा ४ विकेट गुमाउँदै ४३ रन बनायो। ६.२ ओभरमा ४ विकेट गुमाउँदै नेपालले ५० रन पूरा गर्यो। १० ओभरमा ४ विकेटको क्षतीमा ७९ रन बनायो। १० ओभरसम्म कप्तान रोहित र उपकप्तान दिपेन्द्रले विकेट धानेर खेलेका थिए। १०.४ ओभरमा नेपालका कप्तान रोहित पौडेलको रुपमा पाँचौं विकेट गयो। उनले २० बलमा ४ चौकासहति २७ रन 

छैटौं विकेट लोकेश बमको गयो। लोकेशले दोहोरो अंकमा रन बनाउन सकेनन्। सातौं विकेटको रुपमा दिपेन्द्र सिंह ऐरी बोल्ड भए। उनले ३४ रन बनाएर पेभेलियन फर्किए। आठौं विकेट सन्दीप लामिछाने डक आउट भए। स्कटल्यान्डका लागि बलिङमा क्रिस ग्रिभ्सले सर्वाधिक ३ विकेट लिए। सफ्यान सरिफ २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लिस्कले समान १-१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। स्कटल्यान्डका लागि जर्ज मुन्से र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.