इजरायल–इरान द्वन्द्व चर्कँदै, नेपाली सुरक्षित

इजरायल–इरान द्वन्द्व चर्कँदै, नेपाली सुरक्षित

काठमाडौं  : इजरायल र इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल इजरायलमा करिब 
५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् । 

इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई सम्पर्क गरी त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् । परराष्ट्रमन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बिन्धित मुलुकले जारी गरेको सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न पनि भनेकी छन् । 

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको  र त्यहाँ  रहेका नेपालीको  हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने तेल अभिभ र दोहास्थित नेपाली दूतावासले जनाएको छ । 

आइतबार तेहरानभरि विस्फोटहरू सुनिए । इरानी मिडियाले तेहरान प्रहरी मुख्यालयमा आक्रमण भएको जनाएको छ भने अन्य धेरै स्थलहरूमा गोलीबारी भएको छ । रातारात, इजरायलले पनि तेहरानका तेल डिपोहरूमा आक्रमण गर्‍यो । त्यसैगरी इरानले पनि इजरायलमा ब्यालिस्टिक मिसाइलका दुई छालहरू प्रहार गर्‍यो, जसमा कम्तीमा १० जनाको मृत्यु भयो । आइतबार पनि अर्को छाल प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले आइतबार इरानबाट थप क्षेप्यास्त्रहरू प्रहार गरिएको जनाएको छ । ऊर्जा र रक्षा पूर्वाधारमा इजरायली आक्रमण पछि इरान–इजरायल द्वन्द्व झन् चर्किँदै गएको छ । आफूहरूले कुनै एक क्षणका लागि पनि आक्रमण गर्न नछोड्ने इजरायली सेनाले जनाएको छ । 

आक्रमणमा परी इजरायलमा कम्तीमा १३ जनाको मृत्युको पुष्टि भएको छ । इजरायली अपरेसनको एक घोषित लक्ष्य इरानलाई आणविक बम विकास गर्नबाट रोक्नु रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहूले इजरायलको अस्तित्वका लागि इरानी खतरालाई पन्छाउन सैन्य अपरेसन ‘राइजिङ लायन’ सुरु गरेको जनाएका छन् ।

दशकौंदेखि, तेहरानका आतंककारीहरूले इजरायलको विनाशका लागि खुलेआम आह्वान गर्दै आएका, आणविक हतियार विकास गर्ने कार्यक्रमका साथ उनीहरूले आफ्नो नरसंहारको बयानबाजीलाई समर्थन गरेका, हालैका वर्षहरूमा उनीहरूले ९ वटा आणविक बम बनाउन पर्याप्त युरेनियम जम्मा गरेका लगायतका कारणले गर्दा  आफूले उक्त अपरेसन सुरु गरेको उनले एक वक्तव्यमार्फत जनाए । 

त्यसैगरी इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले नागरिक बस्तीहरूमा मिसाइल प्रहार गरेर रातो रेखा पार गरेको र यसका लागि उनीहरूले धेरै ठूलो मूल्य चुकाउनुपर्ने जनाएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई द्वन्द्व रोक्नका लागि सम्झौता गर्न आग्रह गरेका छन् । दुवै पक्षलाई लडाइँ रोक्नका लागि हाल धेरै टेलिफोन कुराकानी र बैठकहरू भइरहेको पनि उनले जनाएका छन् । 

‘जसरी मैले भारत र पाकिस्तानलाई गर्न लगाएको थिएँ, इरान र इजरायलले पनि सम्झौता गर्नुपर्छ र सम्झौता गर्ने छन्’, ट्रम्पले आइतबार बिहान ट्रुथ सोशलमा लेखेका छन् । उनले सर्बिया र कोसोभो, इजिप्ट र इथियोपिया बीचको लामो समयदेखि चलिरहेको शत्रुतालाई पनि उद्धृत गरे । यी दुवैबीचको द्वन्द्व उनको पहिलो कार्यकालदेखि नै भड्किएको थियो ।
‘म धेरै गर्छु र कहिल्यै कुनै पनि कामको श्रेय पाउँदिन । तर, ठीक छ, मानिसले बुझ्छन् । मध्यपूर्वलाई फेरि महान बनाउनुहोस्’, राष्ट्रपति ट्रम्पले लेखेका छन् । 

रूसी दूतावासले पनि इरानबाट आफ्ना नागरिकहरूलाई बाहिर निकालिरहेको छ । बेलायतले भने कर्मचारीहरूलाई बाहिर निकालेको कुनै जानकारी आएको छैन । द्वन्द्वका क्रममा आइतबार तेहरानका केही बासिन्दा उत्तरतिर सुरक्षित ग्रामीण क्षेत्रहरूमा भागिरहेका थिए भने अन्यले आवश्यक वस्तुहरू भण्डारण गरिरहेका जनाइएको छ । मानिसले आश्रय लिन सकून् भनेर त्यहाँको मेट्रो प्रणाली चौबीसै घण्टा खुला राखिएको थियो  । इरानतर्फ मारिएकाहरूको संख्या कुनै आधिकारिक तथ्यांक नदिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.