एलोपेथिक अस्पतालहरूले लुट मच्चाए : प्रचण्ड
नवलपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एलोपेथिक अस्पतालहरूले मुलुकमा लुट मच्चाएको बताएका छन् । नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एलोपेथिक उपचार महङ्गो हुँदा बिरामीहरूको सर्वस्व सकिने अवस्था आएको बताएका हुन्।
'एलोपेथिक उपचारमा लुट मच्चिएको छ । यसले जनता आजित भएका छन्,'उनले भने।
प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्नुपर्ने बताए । प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयको रूपमा विकास गर्न आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 'प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पताल बनाउने कुरा अत्यन्त सकारात्मक हो । यसमा मेरो सहयोग रहन्छ,' उनले भने ।
प्राकृतिक चिकित्सा पद्धतिको महत्व बढ्दै गएको भन्दै उनले रजहरस्थित प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए। तराई मधेस जागरण अभियानअन्तर्गत प्रचण्ड मङलबार नवलपुरको विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस !