कोशीको बजेट अधिवेशन आह्वान

कोशीको बजेट अधिवेशन आह्वान

विराटनगर : कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका हुन्। 

उनले वैशाख ३१ गते बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पाँचौं तथा बर्खे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसका आधारमा खापुङले अधिवेशन बोलाएका हुन्। 

यसअघिका मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन दुईपटक प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। तर, अल्पमतमा परेका केदार कार्की बुधबारबाट स्वतः पदमुक्त भएका छन्। त्यसपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम हिक्मतकुमार कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

नियुक्तिपछि उनले शपथग्रहण गरेर कार्यभार सम्हालेका थिए। मन्त्रीपरिषद् विस्तार पनि गरेका छन्। कार्कीले नेकपा (एमाले)बाट रामबहादुर रानामगर र नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरे। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने प्रदेश प्रमुखले अघि बढाएको प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.