महानगरका चालक समातिएपछि बालेनले भने- सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन

महानगरका चालक समातिएपछि बालेनले भने- सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)। फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्। फोहोर बोक्ने महानगरका चार जना चालकलाई पक्राउ गरेको भन्दै मेयर बालेनले सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका हुन्।

उनले त्यसका लागि जुध्न आफू तयार रहेको बताएका छन्। 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

केही समयअघि उनले महानगरको गाडी रोकेको भन्दै सिंहदरबार जलाउने अभिव्यक्ति सामाजिक सञ्जालबाट दिएका थिए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.