प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेसको प्रतिक्रिया : संसदीय इतिहासमा अनौठो नजिर स्थापित भयो

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेसको प्रतिक्रिया : संसदीय इतिहासमा अनौठो नजिर स्थापित भयो

काठमाडौं : नेपाली कांग्रेसले प्रतिपक्ष दललाई पेलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै विश्वासको मत लिएकोप्रति आपत्ति जनाएको छ।

सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेपछि नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गरेर सदन चलाउन आग्रह गर्दागर्दै आएपनि प्रधानमन्त्रीले आजै लिनपर्ने कारण नरहेको बताएका हुन्। 

आज कार्यसूचीमा राखेर विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाउने आग्रह गर्दा आजै लिने निर्णय गरेको उल्लेख गरे।

उनले संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको बताए। महतले संविधानको खिलापमा सत्ता गठबन्धन लागेको दाबी गरे। उनले भने,‘आजको दृश्यले यस्तो लाग्दैछ, संविधानको खिलापमा सत्ता गठबन्धन पनि लागेको छ। सहकारी प्रकरणमा रवि लामिछानेमात्र नभई उहाँहरुको पनि सहभागिता छ। उहाँहरुलाई पनि डर लागेको हुनसक्छ।’

महतले लामिछानेले हिजो संसदमा अनर्गल प्रचार र आरोप गरेको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.