कांग्रेसद्वारा रोस्टम घेराउ गरेपछि संसद बैठक १५ मिनेट स्थगित

कांग्रेसद्वारा रोस्टम घेराउ गरेपछि संसद बैठक १५ मिनेट स्थगित

काठमाडौं : संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोस्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सभामुख घिमिरेले कार्यसूचीअनुसार राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्न थालेपछि कांग्रेस सांसदहरूले रोस्टम घेराउ गरेका थिए। उनीहरूले सहकारी हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए। 

कांग्रेसका सांसदहरूले 'सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन छानबिन बनाउ' भन्दै नाराबाी गरेका थिए। कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापाले संसदीय कामकारबाहीमा कांग्रेसको साथ नरहने घोषणा गरेका थिए। उनले सरकारले हेपेको र पेल्न खोजेको भन्दै आक्रामक बनेका थिए।

'संसदीय छानबिन समिति नबनेसम्म संसदको कुनै पनि काम कारबाही अगाडि बढ्दैन। त्यसको जिम्मेवार हामी होइनौं,' महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीजी, सरकारले गरेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। अब बजेट, नीति तथा कार्यक्रमबारे हामीलाई केही नभन्नुस्।' उनले सरकारले आफैं निहुँ खोजेको र सरकारकै कारण अफ्ठ्यारो स्थितिको सिर्जना भएको आरोप लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.