कोशीको मन्त्रिपरिषद् बैठक : बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस

कोशीको मन्त्रिपरिषद् बैठक : बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। 

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए। संविधानको धारा १६८ को उपधारा ५ अनुसार तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका उनले आफ्नो र मन्त्रीको शपथ सकिएर पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

साँझ बसेको बैठकले विभिन्न ३ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस  गरेको छ।

त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ। संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ। 

७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ। कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन्। सदस्यसचिवमा कोशी प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिव छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.