मकवानपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मकवानपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन,रमेश लोप्चन, सुवास बोम्जन र अशोक स्याङ्तान रहेका छन्। 

उनीहरूलाई चोरी मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए। 

पछिल्लो समय मकवानपुरमा दिनप्रतिदिन मोटरसाइकल चोरीको घटनाको गुनासो बढिरहेको थियो। प्रहरीले पनि चोरीमा संलग्न भएकाहरूको पत्ता लगाउन आफ्ना प्रहरी कार्यालयअन्तगर्त सबै कार्यालयमार्फत निरन्तर खोजी कार्य गर्दै आए पनि चोरीमा संलग्न भएका व्यक्ति पत्ता लगाउन निकै सकस परेको थियो। 

यसरी विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरूको खोजतलास गर्न र चोरी नियन्त्रण गर्ने कार्यमा मकवानपुर प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूबाट संयुक्त रुपमा खटिँदै आएका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.