नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पीडितलाई राहत वितरण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पीडितलाई राहत वितरण
सुन्नुहोस्

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल,  वडाध्यक्ष कलिम राइन, यस कम्पनीका कर्मचारी तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा पीडितहरूलाई प्रत्येक घर एक थान साडी वितरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वाससमेत व्यक्त गरे । वडाध्यक्ष कलिम राइनले आगलागीबाट लत्ताकपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नु परेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक, आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए । आगलागीबाट प्रभावित भएका १ सय ५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो । मटिहानी नगरपालिका–६ मा लागेको आगोले सयभन्दा बढी घर पूर्णरूपमा नष्ट भएका छन् भने करिब ५० घरमा क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.