टोलटोलमा शाखा, हातहातमा मोबाइल बैंकिङ

टोलटोलमा शाखा, हातहातमा मोबाइल बैंकिङ

काठमाडौं : गाउँदेखि सहरसम्म तीव्र बजार विस्तार गरेर लाखौं ग्राहकहरु माझ पुगेको एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रमा एक छुट्टै पहिचान बनाएको छ। 

यस बैंकले टोलटोलमा शाखा विस्तार गर्नुका साथै ग्राहकहरुको हातहातमा बैंकिङ सेवाका सुविधाहरु पुर्‍याएको छ। सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ सेवा उपलब्ध गराउँदै बैंक मुलुकभरका साढे ४१ लाखभन्दा धेरै ग्राहक माझ पुग्न सफल भएको छ।  

एनआईसी एसिया बैंकले मानववस्ती भएका दुर्गम गाउँहरुमा पनि आफ्नो शाखा विस्तार गरेको छ। राष्ट्रिय वित्तीय समावेशीकरणको उद्देश्यसहित सबै क्षेत्रमा बैंक पुर्‍याउने लक्ष्य रहेको बैंकले स्पष्ट पारेको छ।  

नाफाभन्दा पनि सीमान्तकृत वर्गका सेवाग्रहीलाई वित्तीय पहुँच पुर्‍याउने मुख्य उद्देश्यसहित ती ठाउँहरुमा शाखाविस्तार गरेको बैंकले जनाएको छ। नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सबैभन्दा धेरै शाखा कार्यालय विस्तार गरेर अग्रणी स्थानमा रहेको एनआईसी एसिया बैंक मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत जिल्लाका दुर्गम गाउँमा पनि विस्तार भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले जानकारी दिए। अन्य बैंक तथा वित्तीय संस्था नभएका करिब ३ दर्जन स्थानीय तहमा पनि शाखा खोलिएको छ।  

मुलुकको वित्तीय पहुँच, वित्तीय समावेशिता, कर्जा पहुँच, गरिबी निवारण, रोजगारी सृजना, वित्तीय समानता विकास, सामाजिक न्यायजस्ता राष्ट्रिय लक्ष्य प्राप्तिको बाटोमा लैजाने लक्ष्यका साथ बैंकले दीर्घकालीन योजना बनाएको छ। मुलुकको आर्थिक विकासको मेरुदण्डमा सबै वर्गका जनताको सहभागिता आवश्यक रहेको चर्चा गर्दै उनले मुलुकको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने उद्देश्य लिएको उनको भनाइ छ।   

बैंकका अनुसार देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास रहेको ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू सञ्चालन भइरहेको छ। बैंकले साना तथा मझौला उद्योग व्यवसाय (एसएमई) गर्नेहरुलाई लक्षित गरेर कर्जा वितरण गरिरहेको छ।  

एसएमई कर्जालाई बढीभन्दा बढी वितरण गर्न बैंकले देशभर सञ्चालनमा रहेका ३६० शाखा कार्यालयबाट यस्तो कर्जा प्राप्त गर्न सकिने जनाएको छ। देशको कुल जनसंख्यामध्ये २० देखि ५० वर्ष उमेर समूहसम्मको जनसंख्याको करिब ३३ प्रतिशत जनतालाई सेवादिन बैंक सफल भएको सीईओ न्यौपानेले बताए।  

पछिल्लो ६ वर्ष अर्थात आर्थिक वर्ष २०७३/७४ देखि २०८०/०८१ को फाल्गुण मसान्तसम्म यस बैंकले ग्राहक संख्या, शाखा सञ्जाल विस्तार लगायतमा ठूलो फड्को मारेको छ। यस अवधिमा बैंकको ग्राहक संख्या ५ लाख ५४ हजारबाट ६५० प्रतिशतले वृद्धि भएर ४१ लाख ५५ हजारभन्दा धेरै पुगिसकेका छन्। यसै समयावधिमा समग्र बैंकिङ क्षेत्रमा ग्राहक संख्या १ करोड ६१ लाखबाट १८९ प्रतिशतले वृद्धि भएर ४ करोड ६६ लाख पुगेका छन्। 

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको जनसंख्याको करिब ३३ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। 

यस बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटलबाट गर्ने लक्ष्य राखेको छ। हाल कुल कारोबारको झन्डै ९५ प्रतिशत डिजिटल कारोबार गरिरहेको बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फर्स्ट बैंक’को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ। 
मोबाइल बैंकिङ्ग प्रयोगकर्तामा यस बैंकले छलाङ मारेको छ। 

पछिल्लो ६ वर्षको अवधिमा यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १ लाख २० हजारबाट २०४४ प्रतिशतले वृद्धि भएर २५ लाख ८३ हजारभन्दा धेरै पुगेका छन्। जब कि समग्र बैंकिङ क्षेत्रमा २४ लाख ३८ हजारबाट ७२१ प्रतिशतले बढेर २ करोड ४ लाख पुगेका छन्। 

बैंक तथा वित्तीय क्षेत्रमा यस बैंकले डिजिटल कारोबारमा अग्रणी स्थान हासिल गरेको छ। अहिलेसम्म झन्डै ३६ लाखभन्दा धेरै पटक यस बैंकको मोबाइल बैंकिङ एप मोबैंक डाउनलोड भएको छ। जसमध्ये एन्ड्रोइड मोबाइलमा ३२ लाख ४२ हजारभन्दा धेरै र आईओएस मोबाइलमा ३ लाख ३६ हजारभन्दा धेरै पटक डाउनलोड भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.